Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा पूर्ण शारीरिक अशक्तलाई ह्वील चियर

देवदहमा पूर्ण शारीरिक अशक्तलाई ह्वील चियर

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा पूर्ण शारीरिक अशक्तलाई ह्वील चियर
    images
    images

    देवदह । देवदह नगरपालिकाले पूर्ण रूपमा अशक्त भएकाहरूलाई विशेष खालको ह्वील चियर प्रदान गरेको छ । पूर्ण रुपमा अशक्त भएकाहरूलाई  सहज होस भनेर नगरपालिकाले विशेष खालको ह्वील चियर प्रदान गरिएको उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् । नगरपालिकाको  आर्थिक वर्ष २०८०÷०८१ को बजेटबाट पूर्णरुपमा अशक्त भएकाहरूलाई विशेष किसिमको ह्वील चियर प्रदान गरिएको उनले जानकारी दिइन् ।

    images
    images
    images

    पूर्ण रूपमा असक्त भएकाहरूको घरमै पुगेर नगर प्रवक्ता गणेश डुम्रे, देवदह–२, का वडाध्यक्ष दलबहादुर राकासकोटी, ३ का वडाध्यक्ष यज्ञप्रसाद अर्याल, ६ का वडाध्यक्ष खेमबहादुर थापाको रोहवरमा नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले ह्वील चियर प्रदान गरेकी थिइन् ।
     
    देवदह नगरपालिका–२, का मित्रप्रसाद अधिकारी, देवदह–३, का दुर्गादेवी पराजुली, देवदह–५, का सृजन रानालाई विशेष खालको ह्वील चियर प्रदान गरिएको नगरपालिकाले जनाएको छ । एउटा ह्वील चियर करिब ३३ हजारमा खरिद गरी पूर्णरुपमा अशक्तहरूलाई प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा भुसालले जानकारी दिइन् । 

    images
    images
    images


    फोल्डिङ्ग गर्न मिल्ने, अगाडि पछाडि आफै सार्न मिल्ने र सजिलै बेडमा जान सकिने खालको ह्वील चियर प्रदान गरिएको भुसालले जानकारी दिइन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।