Logo

२०८३, आश्विन १०गते


images
images

महिला एसिया कप : पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

महिला एसिया कप : पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

images
  • सेतोमसी सहकर्मी
  • महिला एसिया कप : पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित
    images
    images

    काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

    images
    images
    images

    नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि गुल फिरोजाले अर्धशतक प्रहार गरिन् । ३५ बलको सामना गरेकी उनले १० चौकासहित ५७ रन बनाइन् । त्यस्तै मुनिबा अलीले ३४ बलमा ८ चौकासहित नटआउट ४६ रन बनाइन्। नेपालका लागि कविता जोशीले एक विकेट लिइन् ।

    images
    images
    images

    त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन् । २३ बलको सामना गरेकी जोशीले चार चौका र एक छक्का प्रहार गरिन् ।

    सिता राना मगरले २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो । ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।

    कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।

    पाकिस्तानका लागि सादिया इकबालले दुई तथा फातिमा सानाले एक विकेट लिए । याे हारसँगै नेपाल समूहकाे ‘ए’काे तेस्राे स्थानमा झरेकाे छ । याे चार अंकसहित भारत शीर्ष स्थानमा रहँदा पाकिस्तान दाेस्राे र युएई चाेथाे स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।