Logo

२०८३, कार्तिक २७गते


images
images

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

images
  • सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ
    images

     राजेश पराजुली, पोखरा । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

    images
    images
    images

    सञ्चारमन्त्री भएपछि पहिलोपटक पोखरा आएका मन्त्री गुरुङले पत्रकार भेटघाटको क्रममा बोल्दै ओली नेतृत्वको सरकारले जनमुखी काम गर्नुपर्ने बताउदै असफल हुने छुट नभएको बताएका हुन् ।   उनले वर्तमान सरकारसँग आम नागरिकको आशा रहेको उल्लेख गरे । 

    images
    images
    images

    ‘देशको पहिलो र तेस्रो, दोस्रो र तेस्रो पार्टी मिलेर सरकार चलाए । धेरै टिकेन, मन्त्री गुरुङले भने, ‘त्यसैले अहिले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनेको छ । त्यसैले यो सरकारलाई असफल हुने छुट छैन ।’

    images
    images

    सरकारले अबको एक महिनामा नतिजा देखिनेगरी काम गर्नुपर्ने बताए ।  सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङको भनाई छ ।

    डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने बताउदै उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने सुनाए । 

    'अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ', उनले भने, 'हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।' 

    मन्त्री गुरुङले टेलिकम सेवालाई थप गुणस्तरीय बनाइने सुनाए। सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्नेसमेत बताए ।
     
    उनले सञ्चार क्षेत्रमा निजी क्षेत्रको लगानी ठुलो रहेको बताउदै व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।