Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसद्वारा उम्मेद्वारी घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसद्वारा उम्मेद्वारी घोषणा

images
  • अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसद्वारा उम्मेद्वारी घोषणा
    images
    images

    एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेद्वारीको आधिकारिक घोषणा गरेकी छन् ।

    images
    images
    images

    ‘आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ’, कमला ह्यारिसले आफ्नो पोस्टमा भनेकी छन् ।

    images
    images
    images

    नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।

    images
    images
    images

    यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए ।

    ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताए ।

    यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई ‘महान उपराष्ट्रपति’ को रुपमा सम्बोधन गरेका थिए । ‘उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ’, बाइडेनले भनेका थिए ।

    यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका लागि कमला ह्यारिसभन्दा योग्य अरु नभएको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकी राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।