Logo

२०८३, श्रावण ३०गते


images
images

फोहोर व्यवस्थापन

देवदहको फोहोर व्यवस्थापन : समुदायले के गर्ने, सरकारले के ?

देवदहको फोहोर व्यवस्थापन : समुदायले के गर्ने, सरकारले के ?

समुदायप्रतिको दायित्व बिर्सेर खाने अनि मिल्क्याउने उन्मत्त उपभोक्तावाद र उग्रपुँजीवादी प्रवृत्ति भएका कारण फोहोर बर्गिकरण अभियानले मूर्तरुप लिन सकेन ।
images
  • देवदहको फोहोर व्यवस्थापन : समुदायले के गर्ने, सरकारले के ?
    images
    images

    विषय प्रवेश :

    images
    images
    images

    फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । फोहोर पदार्थहरू मानव आवश्यकता परिपूर्तिका लागि उपयोग गरिएका वस्तुहरू उपभोग भएपश्चात् निष्कासित अवशेषहरू हुन् । अझै भन्नुपर्दा घरजन्य (घरबाट निस्कने), संस्थाजन्य (स्कुल, कार्यालय लगायत संस्थाबाट निस्कने), व्यावसायिक (पसल, होटल, रेष्टुरेन्टबाट निस्कने) यसमा पर्छन् । फोहोर पदार्थहरू मानव आवश्यकता परिपूर्तिका लागि उपयोग गरिएका वस्तुहरू उपभोग भएपश्चात् निष्कासित अवशेषहरू हुन् । त्यो बाहेक सडक सफा गर्दा, पार्क, मन्दिर आदिबाट निस्कने बस्तु पनि सहरी फोहोरमा पर्छन् । सहरी फोहोर बाहेक अत्यन्तै हानिकारक मानिने अस्पतालजन्य र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिकजन्य फोहोरको उत्पादन पनि त्यत्तिकै बढिरहेको छ । यी सबै सहरी फोहोरमा मिसिँदा सबै हानिकारकमा परिणत हुने खतरा बढ्दै गएको छ ।

    images
    images
    images

    फोहोरमैलाको उत्पादन समुदाय तथा नागरिकतहबाट हुने हो तर व्यवस्थापनको जिम्मेबारी कानूनले स्थानीय तहलाई सुम्पेको छ । समुदायको स्वामित्व, सक्रियता, सहभागिता र सहजभाव नहुँदा फोहोरमैला व्यवस्थापन केवल नगरपालिकाले मात्रै गर्नुपर्ने अरुको भूमिका नभएको जस्तो देखिन्छ । त्यसो नभई फोहोरमैला व्यस्थापनमा सबैको दायित्व रहेको हुन्छ । संसारका जति पनि सहर छन्, ती नगरपालिका या सरकारी निकायले सफा गरेर मात्रै  सफासुग्घर देखिएका होइनन्, नागरिक आफै सचेत भएर सफा भएका हुन् ।

    images
    images
    images

    स्थानीय तहका लागि फोहोरमैला व्यवस्थापन एक प्रमुख चुनौतीका रुपमा देखिएको छ । फोहोरमैलाको उत्पादन समुदाय तथा नागरिकतहबाट हुने हो तर व्यवस्थापनको जिम्मेबारी कानूनले स्थानीय तहलाई सुम्पेको छ । समुदायको स्वामित्व, सक्रियता, सहभागिता र सहजभाव नहुँदा फोहोरमैला व्यवस्थापन केवल नगरपालिकाले मात्रै गर्नुपर्ने अरुको भूमिका नभएको जस्तो देखिन्छ । त्यसो नभई फोहोरमैला व्यस्थापनमा सबैको दायित्व रहेको हुन्छ । संसारका जति पनि सहर छन्, ती नगरपालिका या सरकारी निकायले सफा गरेर मात्रै  सफासुग्घर देखिएका होइनन्, नागरिक आफै सचेत भएर सफा भएका हुन् । त्यसकारण फोहोर व्यस्थापना नागरिक सहभागिता अनिवार्य मानिन्छ । 

    फोहोरमैला व्यवस्थापनमा देवदह नगरपालिका :

    देवदह नगरपालिकाको भूगोल, जनसंख्या, शहरीकरण,  टोल विकास संस्था,  खाली र खुला ठाउँ किसानी पेशालाई विश्लेषण गर्दा देवदहमा फोहोर बर्गिकरणमा समस्या नहुनुपर्ने हो । तर विभिन्न कारणले फोहोरमैलाको स्रोतमा बर्गिकरण हुन सकेको छैन ।  

    समुदायका अगुवा, वडा अध्यक्ष र वडा सदस्यहरु लगायत जनप्रतिनधिहरुमा  फोहोर व्यवस्थापन नै जीवन व्यवस्थापन हो । फोहोर व्यवस्थापन नै विकास व्यवस्थापन हो । फोहोरको व्यवस्थापन मात्र गर्न सकियो भने आफ्नो कार्यकालमा एउटा देखिने काम हुन्छ भन्ने चेतना आउनु जरुरी छ । देवदहको फोहोर व्यवस्थापन कुनै महाभारत अर्थात जटिल काम होइन । फोहोरमैला व्यवस्थापनमा प्रमुख तत्व भनेको इच्छा शक्ति हो । जनप्रतिनिधिहरुमा जोश, जाँगर इमान्दारिता नभएसम्म जस्तोसुकै अभियान संचालन गरेपनि त्यो सफल हुँदैन ।

    समुदायप्रतिको दायित्व बिर्सेर खाने अनि मिल्क्याउने उन्मत्त उपभोक्तावाद र उग्रपुँजीवादी प्रवृत्ति भएका कारण फोहोर बर्गिकरण अभियानले मूर्तरुप लिन सकेन ।

    गत वर्ष स्रोतमा नै फोहोर वर्गिकरण गर्ने अभियान नै सुरुवात गरियो । वडावडामा यो अभियान लगियो । तर वडा नं ५ र ७ बाहेक अरु वडाले खासै चासो देखाएनन । यो अभियान प्रमुख प्रशासकीय अधिकृतको मात्र हो भन्ने भान पर्यो । अभियान तिव्रगतिमा अगाडि बढ्नु पर्ने थियो तर बढेन। नगरको प्रतिष्ठा,  वातावरण संरक्षण,  सौन्दर्यता र नगरवासीको स्वास्थ्यसँग गाँसिएको फोहोर व्यवस्थापन अभियानप्रति वडाका कर्मचारी, प्रतिनिधिहरु टोल विकास संस्था गम्भीर भएको पाईएन। समुदायप्रतिको दायित्व बिर्सेर खाने अनि मिल्क्याउने उन्मत्त उपभोक्तावाद र उग्रपुँजीवादी प्रवृत्ति  भएका कारण फोहोर बर्गिकरण अभियानले मूर्तरुप लिन सकेन ।

     समुदाय र जनप्रतिनिधिहरुको इच्छाशक्ति हुने हो भने घरबाट निस्कने ९५ प्रतिशत फोहोर घरमा नै व्यवस्थापन गर्न सकिन्छ । सिक्टहन, टटेरा शंकरपुर र केरवानीको फोहोर उठाएर १० किलोमिटर उत्तरको जंगलमा लगेर फालेर फोहोरको दिर्घकालिन समाधान हुँदैन । यो तदर्थवादी प्रवृति फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान होइन । वडाका अध्यक्ष र जनप्रतिनिधिहरुको अगुवाईमा कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरी विसर्जन गर्ने अभियानको सुरुवात वडा अध्यक्ष आफैले गर्नुपर्दछ । त्यसमा अन्य प्राविधिक र प्रशासनिक कामको सपोर्टको नगरपालिकाको हेडक्वाटरले गर्दछ । फोहोर व्यस्थापन भाषणले हुँदैन । काममा खटिनु पर्दछ । डस्टविन बाँडेर फोहोरको समाधान कहिल्यै हुँदैन । यो कुराको अनुभूति जनप्रतिनिधिहरु गर्नुपर्दछ । 

    देवदहमा अझै पनि भान्साबाट निस्केको बचत खानेकुरा घरपालुवा गाईवस्तुका लागि कुँडो (वस्तुभाउलाई खुवाउन बनाइने आहार) बनाउन उपयोग गर्न सकिन्छ । नकुहिने फोहोरका रूपमा उत्पादन हुने कागज, प्लास्टिक आदिलाई घरआँगनमै समुदायले जाँगर चलाउने हो भने मजाले बेचेर आम्दानी गर्न सकिन्छ । समुदाय र जनप्रतिनिधिहरुको इच्छाशक्ति हुने हो भने घरबाट निस्कने ९५ प्रतिशत फोहोर घरमा नै व्यवस्थापन गर्न सकिन्छ । सिक्टहन, टटेरा शंकरपुर र केरवानीको फोहोर उठाएर १० किलोमिटर उत्तरको जंगलमा लगेर फालेर फोहोरको दिर्घकालिन समाधान हुँदैन । यो तदर्थवादी प्रवृति फोहोर  व्यवस्थापनको दिर्घकालिन समाधान होइन । वडाका अध्यक्ष र जनप्रतिनिधिहरुको अगुवाईमा कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरी विसर्जन गर्ने अभियानको सुरुवात वडा अध्यक्ष आफैले गर्नुपर्दछ । त्यसमा अन्य प्राविधिक र प्रशासनिक कामको सपोर्टको नगरपालिकाको हेडक्वाटरले गर्दछ । फोहोर व्यस्थापन भाषणले हुँदैन । काममा खटिनु पर्दछ । डस्टविन बाँडेर फोहोरको समाधान कहिल्यै हुँदैन यो कुराको अनुभूति जनप्रतिनिधिहरु गर्नुपर्दछ ।    

    अझै पनि जनप्रतिनिधि र समुदायमा फोहोरलाई बुझ्ने, यसलाई व्यवस्थापन गर्ने ज्ञान, सीप, इच्छा र विधिको अभाव छ । फोहोरमैला व्यवस्थापनमा धेरैले यसको प्रशिक्षण दिदै हिँडेतापनि अझै पनि व्यवस्थापनका सुक्ष्म तरिका र जाँगरको कमि छ । व्यवस्थापनको विधि तल्लो तहमा पुगेको छैन । फोहोरबाट मुक्त हुन चाहने तर सानो सानो कामहरु गर्न पनि तत्पर नहुने अनि  घरबाट निस्कनै फोहोरलाई छुट्टाउनको लागि नगरपालिका नै चाहिने  । यो प्रवृतिको अन्त्य हुनुपर्दछ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी नगरबासीहरुको होइन, नगरपालिकाको हो भन्ने धारणा जनप्रतिनिधिहरुले नै परिवर्तन गराउनु पर्दछ ।

    फोहोरबाट मुक्त हुन चाहने तर सानो सानो कामहरु गर्न पनि तत्पर नहुने अनि  घरबाट निस्कनै फोहोरलाई छुट्टाउनको लागि नगरपालिका नै चाहिने ! यो प्रवृतिको अन्त्य हुनुपर्दछ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी नगरबासीहरुको होइन, नगरपालिकाको हो भन्ने धारणा जनप्रतिनिधिहरुले नै परिवर्तन गराउनु पर्दछ ।

    फोहोरको व्यवस्थापन इच्छाशक्ति र कार्यप्रतिको समर्पणमा निर्भर गर्छ । यदि मनैदेखि इमान्दारितापूर्वक कार्य गर्ने हो भने यो ठूलो समस्या होइन । अन्यथा समस्यालाई जसरी परिभाषित गर्न चाह्यो त्यही अनुरूप गर्न सकिन्छ ।

    फोहोरमैला व्यवस्थापनमा संस्थागत समस्या छ । फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी छ । फोहोरमैला व्यवस्थापनको दीर्घकालीन योजनाको अभाव देखिन्छ । फोहोरमैला व्यवस्थापनमा समुदाय र निजीक्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापन सम्बन्धी तथ्याङ्क र अध्ययनको अभावले पनि यसको व्यवस्थापनमा समस्या निम्त्याएको छ । फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव छ । फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव छ । कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेकाले पनि यसको व्यवस्थापनमा समस्या देखिएको छ ।

     आगामी बाटो :

    देवदहमा फोहोर व्यवस्थापनको लागि तत्कालै केही अभियान संचालन गर्नुपर्दछ  । जस्तै वडा नं ५ बाट पुन: फोहोर वर्गिकरण अभियान सुरु गर्ने । क्रमश: अन्य वडाहरुमा समेत अभियान लैजाने । निर्वाचनमा भोट मागे जस्तै फोहोर बर्गिकरणका लागि व्यानर सहित प्रत्येक हप्ता घरदैलो कार्यक्रम गर्ने । फोहोर बर्गिकरण सम्बन्धी सडक नाटक तयार गरी प्रदर्शन गर्ने । जिङ्गल बनाएर माइकिङ्ग गर्ने । समुदाय, सहकारी, आमा, समूह क्लब विद्यार्थी, विद्यालयलाई उत्प्रेरित गरी फोहोरको वर्गिकरण अनिवार्य गर्न सर्कुलेशन गर्ने त्यसको निममित अनुगमन गर्ने, प्रत्येक विद्यालयमा एकजना स्थानीय सरकार सम्पर्क व्यक्ति तोक्ने । उसले विद्यालयमा नियमित रुपमा स्थानीय कर, फोहोर व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रवचन, प्रचारप्रसार, संवाद,  समन्वय र छलफल चलाउने । जनप्रतिनिधि कर्मचारी लगायत समुदायका अगुवाहरुले विगतका कमिकमजोरी  सच्चाएर नयाँ बाटो तय गर्ने । यसरी  देवदहको फोहोर बर्गिकरण र व्यवस्थापनमा समुदाय परिचालनको विकल्प देखिदैन ।

    निष्कर्ष :

    सरसफाईमा कार्यरत कर्मचारीलाई उत्प्रेरणा जगाउने, फलोअप गर्ने, तिनलाई काममा लगाउने, समुदायसँग संवाद गर्न प्रशिक्षण दिने, फोहोरमैला व्यवस्थापनमा सबैले चासो दिने गर्नुपर्दछ । वर्षदिनमा एक दिन डम्पिङ्ग साइट पुगेर फोहोरमैलाको समाधान हुँदैन । नियमित अनुगमन, फिडब्याक र छलफल हुनु जरुरी छ । नगरपालिकाभित्र रहेका विभिन्न संयन्त्र र समितिहरुले सकारात्मक रुपमा छलफल गर्ने गरी सक्रियता देखाउनु पर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।