काठमाडौं । इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो।
पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै प्रतिस्पर्धात्मक बनेको सेटमा इरानले नै बाजी मार्यो। २८-२६ ले दोस्रो सेट जितेर इरानले २-० को स्पष्ट अग्रता बनायो।
२-० ले पछि परेको श्रीलंका तेस्रो सेटमा झनै निरिह बन्यो। जहाँ इरानले २५-१७ ले तेस्रो सेट आफ्नो पक्षमा पार्यो। इरानले लिग चरणमा पनि श्रीलंकालाई हराएको थियो।
सहज जितका साथ इरान तेस्रो भयो। श्रीलंका भने चौथो भयो। इरान सेमिफाइनलमा नेपालसँग र श्रीलंका भारतसँग पराजित भएको थियो। नेपाल र भारतबीचको फाइनल साँझ ५ बजे हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology