देवदह । देवदह नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को योजनाको सम्झौता सम्बन्धि घुम्ती सेवा सुरु भएको छ । आइतबार नगरपालिकाको वडा नं ५ को कार्यालयबाट घुम्ती सेवाको सुरुवात गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
नागरिकको सुविधालाई ध्यान दिंदै र समयमै योजना सम्झौता गरि गुणस्तरीय कार्यान्वयनको लागि वडा कार्यालयबाटै योजना सम्झौता सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
आइतबार पहिलो दिन वडा नं ५ को योजना सम्झौता सम्बन्धि घुम्ति सेवामा पुर्वाधार तर्फ २३ वटा फाइल आएको र २० वटा योजना वडा कार्यालयबाट सम्झौता भएको वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष शोभाकान्त भट्टराईले जानकारी दिए ।
घुम्ती सेवा कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, पूर्वाधार शाखा प्रमुख र योजना शाखा प्रमुखसहित वडाका जनप्रतिनिधि र कर्मचारी उपस्थित थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology