Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह नगरपालिकाको घुम्ती सेवा : वडा नं ७ मा एकदिनमै २१ योजना सम्झौता

देवदह नगरपालिकाको घुम्ती सेवा : वडा नं ७ मा एकदिनमै २१ योजना सम्झौता

images
  • देवदह नगरपालिकाको घुम्ती सेवा : वडा नं ७ मा एकदिनमै २१ योजना सम्झौता
    images

    देवदह । देवदह नगरपालिकाको घुम्ती सेवा अन्तरगत वडा नं ७ मा २१ वटा योजना सम्झौता भएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को योजना सम्झौताको लागि संचालन गरेको घुम्ती सेवामा बिहिबार मात्रै ८४ लाख बराबरका २१ वटा योजना सम्झौता गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।  

    images
    images
    images

    "हामीसंग भएका पूर्वाधार सम्बन्धि ३६ वटा योजनामध्ये एकदिनमै २१ वटा योजनाको सम्झौता गरिएको छ" वडा अध्यक्ष अधिकारीले सेतोमसीसंग भने, "पुष मसान्तसम्म कार्यसम्पन्न गर्ने गरि योजना सम्झौता गरिएको छ । यसले असारे विकासको अन्त्य गर्ने विश्वास गरिएको छ ।"

    images
    images
    images

    देवदह नगरपालिकामा पहिलोपटक सुरु गरिएको यो अभ्यासले सेवाग्राहीलाई सहज सेवा दिन सकिएको र वडा कार्यालयमै योजना सम्झौता गर्दा नागरिकको समय र पुँजीसमेत बचत हुने देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । वडा नं ५ बाट सुरु गरिएको घुम्ती सेवा हालसम्म दुई वटा वडामा सम्पन्न भएको र आवश्यकता अनुसार सबै वडामा पुगेर योजना सम्झौता गर्ने तयारी नगरपालिकाले गरेको उनको भनाइ छ ।

    images
    images

    देवदहका १२ वटै वडामा घुम्ती सेवा मार्फत यही अनुपातमा सम्झौता हुन सके ६० प्रतिशतभन्दा बढी योजना एक महिनाभित्रै सम्झौता गर्न सकिने र यसले कार्यसम्पादनलाई गुणस्तरीय बनाउनुको साथै समयमै योजना सम्पन्न हुने र फाइल बोकेर सेवाग्राही नगरपालिका धाउनुपर्ने बाध्यताको समेत अन्त्य हुने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।