देवदह । रुपन्देहीको देवदहका ब्रेम ट्युमर पिडित दल बहादुर गाहा मगरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको समुह मगर संसार फोटो ग्यालरीले आर्थिक सहयोग गरेका छ । शनिबार सामाजिक अभियानकर्मी अनिल लामिछाने मगरको पहलमा संङ्कलित रकम गाहाको निवास देवदह–६ सरनबारी पुगेर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मगर संसार फोटो ग्यालरीले ६ लाख १ हजार ९ सय ६६ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त रकम कोरीया, कुवेत, कतार र देश भित्र गरि करिब ४ सय जनाको सहयोगबाट संकलन भएको मगर संसारले जनाएको छ ।
यस अघि ७७ जना नेपालीलाई सहयोग गरिसकेको मगर संसारले उक्त सहयोग ७८औं भएको बताएको छ ।
कार्यक्रममा बोल्दै पिडितका बुवा मान बहादुर गाहाले अरु समस्या परेका व्यक्तिहरुलाई पनि सहयोग गर्न सो समुहसंग आग्रह गर्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
ब्रेन ट्युमरबाट पिडित दल बहादुर गाहाको एक महिना अघि टाउकाको शल्यक्रिया गरीएको थियो । अहिले उनको अवस्था सामान्य र सुधारउन्मुख रहेको परिवारले जनाएको छ ।
नेपाल मगर संघ देवदह कार्यसमितीका अध्यक्ष शोभा थापा मगर, कोषाध्यक्ष मिलन मास्के, बुद्धिजिवी परिषदका सदस्य विनोद थापा समुहका सदस्यहरु अमिर थापा, नबिना पुन, जानकारी थापा र पत्रकारहरु सहितको टोलीले एक कार्यक्रम विच उक्त सहयोग हस्तान्तरण गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology