Logo

२०८३, आश्विन १०गते


images
images

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैन : अर्थमन्त्री पौडेल

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैन : अर्थमन्त्री पौडेल

images
  • धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैन : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन  । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हो ।

    images
    images
    images

    उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे । उनले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे । उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले  जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताए । उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने प्रतिवद्धता जनाए । अर्थमन्त्री पौडेलले सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी उल्लेखिय मात्रामा हुने गरेको बताए ।

    images
    images
    images

    उनले सरकारले निर्माण गरेको मात्रै नभई अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने आवश्यक रहेको भन्दै सरकारले वातावरण बनाउन सहजिकरण गर्ने उल्लेख गरे । उनले अहिले जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र भएकाले सरकार नियन्त्रण गर्ने पक्षमा नभएको बताए । 


    उनले विद्युत विधेयकलाई सरकारले व्यवसायीमैत्री र त्रुटिरहित बनाउने पक्षमा रहेको बताए । उनले ऊर्जा व्यवसायीहरुलाई जलविद्युत क्षेत्रमा समस्या छन् भनेर नथाक्न पनि आग्रह गरे । अर्थमन्त्री पौडेलले जलविद्युतका समस्या समाधानको लागि सरकार र निजी क्षेत्र एउटै टेवलमा बसेर छलफलमा जानुपर्ने बताए । उनले मुलुकमा ऊर्जाको आन्तरिक खपत बढाएर जान सके मात्रै जीवनस्तर माथि उठाउन सकिने उल्लेख गरे ।

    -न्युज एजेन्सी नेपाल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।