काठमाडौं । लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य एवं माओवादी केन्द्रका पुर्व नेता दधिराम न्यौपाने र दिनेश पन्थीको पुनः माओवादी हुने इच्छामा सर्बोच्चले ब्रेक लगाईदिएको छ । सर्वोच्च अदालतमा उनीहरूले आफुहरु माओवादी केन्द्र मै रहेको र पार्टीले गरेको कारवाही अबैधानिक भएको भन्दै दिएको रिटमा सर्बोच्चले ‘अन्तरिम आदेश जारी नहुने’ ठहर गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मंगलबार दधिराम न्यौपानेका तर्फबाट दायर रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरिएको हो ।
सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएका कारण नेकपा एमालेमा सामेल भएका न्यौपाने र पन्थीको प्रदेशसभा सदस्य पद तत्कालका लागि खारेज भएको छ ।
आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्रको संसदीय दलको विधान विपरीत कारवाही गरिएको भन्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौ ८ गते दुवै पक्षलाई बोलाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology