Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि

सेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि

images
  • सेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि
    images
    images

    काठमाडौं । साताको पहिलो शेयर बजार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा भारी गिरावट आएको छ । अघिल्लो साताबाट सुरु भएको शेयर बजारको गिरावट यो साताको पहिलो कारोबारका दिन पनि कायमै रहेको छ ।

    images
    images
    images

    आइतबार प्रि–ओपन सेसनमा ०.१० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गाएको थियो । तर केही माथि जानसाथ विक्रीकर्ता हाबी भएर बजारलाई माथि जान भने दिएनन् । आज बजारले ३ पटक माथि चढ्न खोजेको भए पनि बजार भने माथि जान सकेन ।

    images
    images
    images

    आज नेप्सेसहित कारोबार पनि घटेको छ । गत साताको बिहीबार १२ अर्ब ६ करोड रुपैयाँ कारोबार भएकोमा आज आइतबार १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको मात्र भएको छ ।

    images
    images
    images

    आज नेप्से ५३.६३ अंकले घट्दा २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा पुगेको छ ।

    आज ३३७ वटा कम्पनीको शेयर कारोबार हुँदा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आज १३ वटा समूहमध्ये म्यूचूअल फण्ड बाहेकका अन्य सबै समूह राताम्य भएका छन् । आज म्यूचूअल फण्ड ०.८० प्रतिशतले बढेर २२.१५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ३.४४ प्रतिशतले घटेर ३४३७.२६ विन्दुमा पुगेको छ ।

    त्यस्तै वाणिज्य बैंक २.३४ प्रतिशतले, विकास बैंक १.८५ प्रतिशतले, होटल एण्ड टुरिजम २.९८ प्रतिशतले, हाइड्रो २.४० प्रतिशतले, लगानी १.३३ प्रतिशतले, जीवन बीमा १.४४ प्रतिशतले, उत्पादन र प्रशोधन १.८० प्रतिशतले, लघुवित्त १.८८ प्रतिशतले, निर्जीवन बीमा १.२३ प्रतिशतले, अन्य समूह १.०४ प्रतिशतले र ट्रेडिङ समूह ०.१९ प्रतिशतले घटेको छ ।

    आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । थाप ३ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज १ लाख ३० हजार ६३२ पटक शेयर किनबेच हुँदा सबैभन्दा बढी टनओभर गुडविल फाइनान्सको भएको छ । सबैभन्दा बढी भोलम सानिमा लार्ज क्याप फण्डमो भएको छ भने सबैभन्दा बढी टनओभर हिमालयन रि इन्स्योरेन्सको भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।