Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा फोहर वर्गीकरण सम्बन्धी घरदैलो

देवदहमा फोहर वर्गीकरण सम्बन्धी घरदैलो

images
  • देवदहमा फोहर वर्गीकरण सम्बन्धी घरदैलो
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ६ को आयोजनामा सोमबार फोहर वर्गीकरणका लागि घरदैलो कार्यक्रम गरिएको छ । ‘स्वच्छ, सुन्दर र सरसफाईयुक्त गाउँ अनि शहर, हामी सबैको रहर’ भन्ने मुल नाराका साथ फोहोरको स्रोतमा नै बर्गीकरण गर्ने उद्देश्यले घरदैलो गरिएको हो ।

    images
    images
    images


    देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नं. ६ का जन प्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, आमा समुहका प्रतिनिधिहरु, विभिन्न संघ संस्था, नगर प्रहरी, वडाका कर्मचारीहरु र सरोकारवालाहरुको उपस्थितिमा आजबाट अभियान सुरु भएको हो ।

    images
    images
    images

    घरदैलो कार्यक्रममा फोहोर बर्गीकरण गरिनुका साथै फोहोर वर्गीकरण सम्बन्धमा जानकारी समेत गराइएको थियो । फोहोर वर्गीकरण गर्ने हो भने आधा भन्दा बढी फोहोर कम हुने देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।

    images
    images
    images

    त्यस्तै फोहोर बर्गिकरण गरी कुहिने फोहोर मल बनाउन प्रयोग गर्ने र प्लाष्टीक जन्य फोहोर छुट्टाई बिक्री समेत गर्न सकिने देवदह नगरपालिका वडा नं. ६ का अध्यक्ष खेम बहादुर थापाले बताए ।

    आज अभियानको सुरुवातमा वडा नं ६ को अमरसिंह चोक, पिपलडाँडा, लक्ष्मीनगर, मिलनचोक लगाएत स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको छ । बाँकी टोलहरुमा समेत अभियान संचालन गरिने वडा अध्यक्ष थापाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।