Logo

२०८३, आश्विन १७गते


images
images

नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल

नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल

images
  • नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल
    images
    images

    काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा हंगेरीलाई ५–० गोलले हराउँदै जर्मनीले फराकिलो जित निकालेको हो ।

    images
    images
    images

    जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाभ्लोभिच र काई हाभर्टजले एक–एक गोल गरेका थिए ।

    images
    images
    images

    खेलको २७औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५८औँ मिनेटमा मुसियालाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी ६६औँ मिनेटमा विर्ट्ज, ७७औँ मिनेटमा पाभ्लोभिच र ८१औँ मिनेटमा हाभर्टजले गोल गर्दै जर्मनीलाई ५–० गोलको जित दिलाए ।

    images
    images
    images

    यो जितसँगै समूह सी को जर्मनी पहिलो खेलबाट तीन अंक जाड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको पनि तीन अंक नै छ । हंगेरी र बोस्निया एन्ड हर्जगोभिना अंक बिहीन छन् । बोस्नियालाई नेदरल्याण्ड्सले हराएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेसन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।