एजेन्सी । नर्वेली फरवार्ड एर्लिङ हालान्डको २ गोलमा इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर सिटीले ब्रेन्टफर्डमाथि जित निकालेको छ ।
लगातार चौथो जित निकाल्ने क्रममा सिटीले शनिवार ब्रन्टफोर्डलाई २-१ ले पराजित गरेको हो । ब्रेन्टफोर्डले पहिलो मिनेटमा नै लिएको अग्रता जोगाउन सकेन। योओनी विसाले पहिलो गोल पनि सिटीले खेलमा पुनरागमन गर्यो।
१९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई बराबरीमा पुर्याए । उनले ३२औं मिनेटमा गरेको दोस्रो गोल खेलको निर्णायक बन्यो।
अपराजित सिटीको ४ खेलबाट १२ अंक भएको छ । २० टोली सहभागी लिगमा सिटी शीर्ष स्थानमा छ । समान खेल खेलेको ब्रेन्टफर्ड भने ६ अंकका साथ नवौं स्थानमा छ ।
शनिवारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्यापटनलाई ३-० ले पराजित गर्दा ब्राईटनले इप्स्विच टाउनसँग गोलरहित बराबरी खेलेको थियो । फुलहम र वेस्टहमले १-१ को बराबरी खेले। लिभरपुलले नटिङघम फरेस्टलाई १-० ले, एस्टन भिल्लाले एभर्टनमाथि ३-२ ले र चेल्सीले बर्नमाउथलाई १-० ले पराजित गरेको थियो। इपिएलमा आइतवार २ खेल हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology