Logo

२०८३, आश्विन १०गते


images
images

आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित बनाउँछौं : अर्थमन्त्री पौडेल

आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित बनाउँछौं : अर्थमन्त्री पौडेल

images
  • आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित बनाउँछौं : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने बताएका छन् ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले भने, ‘हाम्रो आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउनु पर्नेछ, विगतमा कुनै त्रुटि भएका छन् भने पनि अब हामी त्यसलाई दोहोर्‍याउन सक्दैनौं ।’

    images
    images
    images

    नेपालले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नै भन्दै उनले दिगो विकासको बाटो आवश्यक रहेको बताए ।

    images
    images
    images


    आज संसारले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन गम्भीर चुनौती सामना गरिरहेको भन्दै उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या केवल पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताए ।

    हिमालयको काखमा रहेको नेपाल जलवायु परिवर्तनका प्रभावका कारण अत्यन्तै जोखिममा परेका मुलुकमध्येको एक रहेको भन्दै उनले हिमनदी पग्लिने समस्या, मनसुनमा आएको परिवर्तन र बाढी तथा पहिरोको संख्या बढ्दै जानु हाम्रो अर्थतन्त्र, विशेषगरी कृषि, जलविद्युत र पर्यटनका लागि चुनौती बनेको बताए ।

    नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अगाडि बढिरहेको भन्दै उनले सन् २०२६ सम्ममा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुने तय भइसकेको बताए ।

    नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोत रहेको उनले बताए । जलविद्युत् सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।