Logo

२०८३, आश्विन ९गते


images
images

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि

images
  • पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि
    images
    images

    काठमाडौं । पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । हालैमात्र सिन्ध प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको छ ।

    images
    images
    images

    पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार कराँची पूर्व र सुजवाल जिल्लाका दुई जनामा पोलियो पत्ता लागेको हो । प्रान्तमा यो वर्ष ७ जनामा पोलियोको सङ्क्रमण देखा परिसकेको छ ।

    images
    images
    images

    योसँगै पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या २६ पुगेको छ । पाकिस्तानको पोलियो उन्मूलन प्रयोगशालाका अनुसार २६ मध्ये सिन्धमा ७, बलोचिस्तान प्रान्तमा १५, खैबर पख्तुनख्वामा दुई र पञ्जाब तथा इस्लामावाद संघीय राजधानी क्षेत्रमा एकएक जनामा पोलियो देखा परिसकेको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोलियोका बिरामी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।