Logo

२०८३, कार्तिक २८गते


images
images

महामाया भवानीमा स्वर्ण महोत्सवको समिक्षा : ४७ लाख खर्च, ११ लाख उठ्न बाँकी

महामाया भवानीमा स्वर्ण महोत्सवको समिक्षा : ४७ लाख खर्च, ११ लाख उठ्न बाँकी

images
  • महामाया भवानीमा स्वर्ण महोत्सवको समिक्षा : ४७ लाख खर्च, ११ लाख उठ्न बाँकी
    images

    देवदह । देवदह नगरपालिका वडा नं ४ स्थित महामाया भवानी माध्यमिक विद्यालयले स्वर्ण महोत्सव समारोह २०८० को समिक्षा भेला सप्पन्न भएको छ । शुक्रबार विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिस्वर अर्यालले स्वर्ण महोत्सवको समग्र समीक्षा र आर्थिक गतिविधिबारे चर्चा गरे ।  महोत्सवमा गरिएको बोलकबोल रकम ५६ लाख ६४ हजार १ सय २० रुपैया रहेको तथ्यांक प्रस्तुत गर्दै उनले जम्मा उठेको रकम ४४ लाख ८१ हजार १ सय ६८ रुपैया रहेको र  त्यसमा उठ्न बाँकी रकम ११ लाख ८२ हजार १ सय ६८ रुपैया रहेको बताए । महोत्सवमा ४७ लाख ३० हजार ८ सय ४३ रुपैया खर्च भएको तथ्यांक प्रधानाध्यापक अर्यालले भेलामा प्रस्तुत गरे । 

    images
    images
    images

     कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले विद्यालयले भव्य रूपमा स्वर्ण महोत्सव समारोह सम्पन्न गरेको बताए । देवदह कै पुरानो विद्यालयले महामाया भवानी माविले सबै पक्षलाई समेटेर महोत्सव सफल बनाएको उल्लेख गर्दै उनले अरु विद्यालयले यसबाट सिक्नुपर्ने धारणा व्यक्त गरे ।  

    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती जिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, नेकपा एमालेका जिल्ला कार्य समिती सदस्य प्रकाश अर्याल, भविष्य निर्माण माविका पुर्व प्रअ झबिन्द्रप्रसाद पाण्डे, महोत्सव आर्थिक समितिका संयोजक लिलावल्लभ भट्टराई लगायतले बोल्दै प्राबिधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिए । 

    कार्यक्रममा अंग्रेजी विषयमा सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल शिक्षक मिनप्रसाद भट्टराई र लेखा तथा फाइनान्स विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक बिराज क्षेत्रीलाई प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । 

    कार्यक्रममा विद्यालयमा २० बर्ष भन्दा बढी अध्यापन तथा योगदान दिने शिक्षकहरु निलराज बस्याल, हरिकला बस्याल, कुन्तिकला भुसाल र कर्मचारी कुलबहादुर खवासलाइ दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।

    विद्यालयका सहायक प्रधानध्यापक चिरञ्जीवी रेग्मीको स्वागत र शिक्षक प्रतिनिधि  निलराज बस्यालको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो । 

    कार्यक्रममा विजयादशमी,  शुभदिपावली र छठ पर्वको शुभकामना आदनप्रदान समेत गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।