Logo

२०८३, कार्तिक २८गते


images
images

चाडपर्व बैज्ञानिक तरिकाले मनाउनु आवश्यक :  नेता बराल

चाडपर्व बैज्ञानिक तरिकाले मनाउनु आवश्यक :  नेता बराल

images
  • चाडपर्व बैज्ञानिक तरिकाले मनाउनु आवश्यक :  नेता बराल
    images

    बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले चाडपर्व विकृति रहित ढंगले मनाउनु आवश्यक रहेको बताएका छन । पार्टी निकट नेपाल दलित मुक्तिमोर्चा रुपन्देहीको आयोजनामा भएको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चाडवाडहरुलाई बैज्ञानिक तवरले मनाउनु पर्नेमा जोड दिएका हुन । 

    images
    images
    images

    चाडवाहरुमा संस्कृति भन्दा पनि अबैज्ञानिक पक्षहरु वढी भएको उल्लेख गर्दै यसको सुधार गर्नु पर्ने बताए । 

    images
    images
    images

    विजयादशमीको सुरुवात प्रकृतिक रुपमा भएको स्मरण गर्दै सोही अनुरुप मनाउनु पर्ने बताए । 

    images
    images

    माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य खिम बहादुर बिकले पर्वहरुलाई साँस्कृतिक रुपान्तरणको माध्यमको रुपमा लिनु पर्ने बताए । उनले पर्वहरुलाई सामुहिकतामा जोड दिनु पर्ने बताए । 

    पार्टीका वैकल्पिक केन्द्रिय सदस्य किस्मत बिकले छुवाछुत अन्त्यका लागि दलित समुदायहरु एकजुट हुनु पर्ने बताए । उनले सबै समुदाय मिलेर समतामुलक समाज निर्माण गर्नु पर्नेमा जोड दिए । 

    कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही सचिव सन्तकुमार यादव, प्रेस सेन्टर नेपाल लुम्बिनीका बरिस्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, मोर्चाका रुपन्देही ईन्चार्ज पदम बिक, जिल्ला अध्यक्ष धुर्व लाम्गादे र सचिव छवि नेपालीले बोल्दै चाडवाड भड्कीलो बनाउन नहुने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता बराल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।