Logo

२०८३, कार्तिक २८गते


images
images

पोखराको विन्ध्यवासिनी क्याम्पसलाई जग्गा अभाव, विश्वविद्यालयको अनुदान रोकिने अवस्था

पोखराको विन्ध्यवासिनी क्याम्पसलाई जग्गा अभाव, विश्वविद्यालयको अनुदान रोकिने अवस्था

images
  • पोखराको विन्ध्यवासिनी क्याम्पसलाई जग्गा अभाव, विश्वविद्यालयको अनुदान रोकिने अवस्था
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसले जग्गा अभावमा विभिन्न समस्या भोगेको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष दानबहादुर बानियाँका अनुसार जग्गा अभावका कारण क्याम्पसले विविध समस्या भोगिरहेको र विश्वविद्यालयबाट प्राप्त सहयोग पनि गुम्ने अवस्थामा पुगेको छ ।

    images
    images
    images

    क्याम्पसले शनिबार राष्ट्रिय पर्वको अवसरमा आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष बानियाले यस विषयमा जानकारी गराएका हुन् । कार्यक्रममा सहभागी गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको जग्गा समस्यालाई समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए ।

    images
    images
    images

    मन्त्री थापाले जग्गाकै कारण क्याम्पसलाई आउने सहयोग रोकिन नहुने भन्दै स्थानीय सरकारले पनि यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए । पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विन्ध्यवासिनी क्याम्पस पोखराकै शैक्षिक केन्द्र भएकोले यसमा देखिएको समस्या समाधान गर्न सबैपक्ष लाग्नुपर्ने बताए ।

    images
    images

    कार्यक्रममा क्याम्पसका सिनेटर पूर्ववडाध्यक्ष जीवन आचार्य, संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, प्रशासनिक डीन विजय शर्मा, क्याम्पस प्रमुख सुमन केशव पराजुली, क्याम्पसका लेखा प्रमुख भीमबहादुर गायकलगायतले क्याम्पसलाई जग्गा दिलाउन सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

    यता, क्याम्पसकाे भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले शनिबार नै शुभकामना आदानप्रदान गरेको छ । मञ्चका अध्यक्ष हरिबहादुर वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा विन्ध्यवासिनी माविका पूर्व प्रधानाध्यापक शालिग्राम अधिकारीले नेपालीजनका चाडपर्वले एक आपसमा एकता, सहकार्य र भातृत्वलाई प्राथामिकता दिएको बताए ।

    कार्यक्रममा पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, हिमालय क्लब अध्यक्ष मोहन थापा, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, मञ्चका सचिव भीमबहादुर गायकलगायतले बोलेका थिए । सो अवसरमा आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा गण्डकी डान्स आइडल विजेता करिना गहतराजले मौलिक नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।