Logo

२०८३, कार्तिक २८गते


images
images

दशैं–तिहारमा 'डिजिटल वालेट', एक दिनमा ३० जनालाई दक्षिणा दिन पाइने

दशैं–तिहारमा 'डिजिटल वालेट', एक दिनमा ३० जनालाई दक्षिणा दिन पाइने

images
  • दशैं–तिहारमा 'डिजिटल वालेट', एक दिनमा ३० जनालाई दक्षिणा दिन पाइने
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको छ ।

    images
    images
    images

    यो वर्ष दशैंमा नयाँ नोट सटही गर्ने सुविधा नदिएको केन्द्रीय बैंकले सफा नोटमात्र साट्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।

    images
    images
    images

    हाल व्यक्तिले डिजिटल वालेटमा एक दिनमा १० पटक मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । तर, दशैं–तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

    images
    images

    ‘बडा दशैंको शुभ अवसरमा २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्,’ राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई जारी गरेको निर्देशनमा छ ।

    चाडपर्वका लागि अस्थायी रूपमा मात्रै एक दिनमा ३० पटक रकम जम्मा गर्न सक्ने व्यवस्था भएको हो । केन्द्रीय बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न खोजे पनि चालु आर्थिक वर्षका लागि सरकारले १५ जेठमा ल्याएको आर्थिक विधेयकबाट डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गर्‍यो । जसले डिजिटल भुक्तानी लागत बढेको छ ।

    अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा लाग्ने शुल्कमा भ्याट लाग्दा १० रुपैयाँ शुल्क लाग्दै आएकोमा अब त्यसमा भ्याट जोडिएसँगै ११ रुपैयाँ ३० पैसा लाग्न थालेको छ ।

    आर्थिक विधेयक मार्फत क्लियरिङ सेवामा भ्याट लाग्ने व्यवस्था भयो । त्यससँगै नेपाल क्लियरिङ हाउस र फोनपेले आफ्नो सेवामा १ साउनबाट भ्याट जोडेर लिन थालेसँगै अन्तरबैंक भुक्तानी मात्रै नभएर चेक क्लियरिङमा समेत भ्याट लाग्न थालेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।