देवदह । देवदह नगरपालिकामा तरकारी बाली सम्बन्धि पात्रो निर्माण तालिम सम्पन्न भएको छ । निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाको योजनामा मंगलबार पात्रो निर्माण सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष मोतिलाल ढकालले कुन समयमा कुन तरकारी बाली लगाउने भन्ने ज्ञान सम्पूर्ण कृषक र सहकारी संचालकमा हुनुपर्ने बताए । ज्ञान विनाको कामले प्रतिफल नदिने हुनाले तालिम आयोजना गरिएको उनको भनाइ छ ।
कृषि प्राविधिक तिलोचन दहालको सहजीकरण रहेको कार्यक्रम सहकारीका संचालक समिति सदस्य तथा विभिन्न उपसमितिका सदस्यको सहभागीता रहेको थियो ।
सहकारीको पाकरी सेवा केन्द्रमा भएको कार्यक्रममा कोषाध्यक्ष अमृत बहादुर फुल्लेल, व्यवस्थापक सुशिला भण्डारी लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology