Logo

२०८३, कार्तिक २८गते


images
images

राँगोले हानेर पोखराका एकजनाको मृत्यु

राँगोले हानेर पोखराका एकजनाको मृत्यु

images
  • राँगोले हानेर पोखराका एकजनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    पोखरा । पोखरामा राँगाले हानेर एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका  धनन्जय आचार्यको सुरौदीस्थित भैंसी फारममा राँगोले आक्रमणमा गर्दा मृत्यु भएको हो ।

    images
    images
    images

     उनका माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जादा गोठको घासँ पानी दिन धनञ्जय गएका थिए । धनञ्जय पोखराको बिरौटामा बस्थे ।

    images
    images
    images

    राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । ५ बजेपछि उनीसँग फोन सम्पर्क भएको थिएन । राति अबेलासम्म गोठमा नफर्केपछि धनञ्जयको खोजी थालिएको थियो ।

    images
    images

    राति १० बजेतिर पोखराबाट दाजुहरु सुरौदी पुगेका थिए । रातभर खोज्दा पनि नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । धनञ्जयको शव गोठभन्दा करिब डेढ घन्टा परको पैदल दुरीमा क्षतिविक्षत अवस्थामा भेटिएको थियो ।

    माथिल्लो गरामा मोबाइल फोन, त्यो भन्दा तल कोट र तलतिर उनको शव भेटिएको थियो । उनको शव भेटिएको स्थान स्याङ्जामा पर्छ । 

    उनको पोस्टमार्टम गरी अन्त्येष्ठि भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।