Logo

२०८३, आश्विन ९गते


images
images

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो

images
  • इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो
    images
    images

    बेरुत । लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या १८ सय नाघेको छ। धेरैको मृत्यु दक्षिणी लेबनान र नबाटियामा भएको छ। १६ सेप्टेम्बरदेखि हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तीव्र बनाएको इजरायलका कारण कम्तीमा १८ सय दुई जनाको ज्यान गएको र नौ हजार ३३० घाइते भएको जनाइएको छ।

    images
    images
    images

    हिजबुल्लाहले समेत इजरायलमाथि आक्रमण जारी राखेको छ। आइतबार मात्र दुई सय प्राजेक्टाइलले पार गरेको इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ।

    images
    images
    images

    आइतबार इजरायलले हिजबुल्लाहको वित्तीय प्रतिष्ठानहरूमा पनि आक्रमण गरेको छ। हिजबुल्लाहको प्रभावशाली वित्तीय संस्था अल काद अल हसनका धेरै शाखालाई इजरायलले आफ्नो निसाना बनाएको हो।

    images
    images
    images

    सन् १९८३मा स्थापित सो संस्था गैर नाफा मूलक हो। वित्तीय प्रतिष्ठानमा आक्रमण गर्नु अगाडि नै इजरायलले सूचना जारी गर्दै सबैलाई त्यो क्षेत्र छाड्न भनेको थियो।

    यसले इस्लामिक सिया समुदायका विचार फैलाउन लाग्नेलाई बिना ब्याज ऋण प्रदान गर्ने गरेको छ।

    युद्ध चर्कदै गएपछि इजिप्टका गुप्तचर विभागका नव नियुक्त प्रमुख हसन मोहम्मद रसाउन र इजरायली अधिकारीबिच काइरोमा भेट भएको छ। भेटमा बन्दी रिहाइको विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    आइतबार हमाससँगको युद्धकै कारण इजरायली कर्णेलको ज्यान गएको छ। युद्ध सुरु भएयता इजरायलका सबै भन्दा माथिल्लो ओहदाका व्यक्तिको ज्यान गएको आइतबार नै हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायलको आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।