Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा वडास्तरिय क्रिकेट लिग सुरु : शुक्रबारको खेलमा वडा नम्बर ५ विजयी

देवदहमा वडास्तरिय क्रिकेट लिग सुरु : शुक्रबारको खेलमा वडा नम्बर ५ विजयी

images
  • देवदहमा वडास्तरिय क्रिकेट लिग सुरु : शुक्रबारको खेलमा वडा नम्बर ५ विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवदह क्रिकेट युनिटको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार एक समारोहका विच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गरे ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा देवदह ३ लाई ३ विकेटले पराजित गर्दै देवदह ५ ले विजयी सुरुवात गरेको छ । देवदह मा.विको खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको देवदह ३ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनायो । जसमा, लक्ष्मण घिमिरेले १८ र शौरभ क्षेत्रीले १२ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै बलिङ तर्फ देवदह ५ का मनिष भण्डारीले ४ विकेट तथा सुमन गुरुङ र राजु बिकले २-२ विकेट लिए ।

    images
    images
    images

    ७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ५ ले ११ ओभर खेल्दै ७ विकेटको क्षतिमा सहजै जित हात पार्यो  । जितका लागि विवेक कार्कीले २१ रन र सुनिल रानाले २० रन बनाए । बलिङ तर्फ देवदह ३ का सन्दिप , शौरभ र नविनले समान २-२ विकेट लिए । खेलमा देवदह ५ का मनिष भण्डारी म्यान अफ द म्याच घोषित भए । उनलाई देवदह क्रिकेट युनिटका पुर्व अध्यक्ष रबि बल्लभ रग्मीले म्यान मफ दि म्याचको ट्रफी र फुड भौचर हस्तान्तरण गरे ।

    images
    images
    images

    आजको उद्घाटन खेल वडा नं ४ विरुद्ध वडा नं ८ को रहेपनी खेल वर्षाका कारण स्तगित भएको छ । उक्त खेल १३ गते मंगलबार दिउँसो २ बजे देवदह माविको खेल मैदानमा हुने आयोजकले जनाएका छन् ।

    यस्तै भोलिको पहिलो खेल वडा नम्बर २ र वडा नम्बर ३ बिच दोश्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ७ को सामना गर्नेछ भने तेश्रो खेलमा वडा नम्बर १० र वडा नम्बर १२ को बिचमा हुनेछ  । भोलिको पहिलो खेल बिहान १० बजे देवदह माबि तथा दोश्रो खेल दिउँसो २ बजे देवदह क्रिकेट युनिटको खेल मैदानमा तथा तेश्रो खेल देवदह माबिको खेल मैदानमा दिउँसो २बजे हुने पुर्व अध्यक्ष रेग्मिले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वडास्तरिय क्रिकेट लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।