Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी

विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी

images
  • विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी
    images
    images

    काठमाडौं । विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको छ ।

    images
    images
    images

    अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो ।

    images
    images
    images

    स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा अल आउट हुँदै १४४ रन बनाएको थियो ।

    अमेरिकाका लागि शाड्ली भान शाल्कवीकले सर्वाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए ।

    स्कटल्याण्डका ब्राड कुरीले ४ विकेट, ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिए ।

    यो जितपछि स्कटल्याण्ड लिग–२ मा ८ खेलबाट ११ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

    अब सिरिज अन्तर्गत आइतबार राति नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।