Logo

२०८३, कार्तिक २८गते


images
images

चलचित्र 'गुल्मेली दाइ'को बुटवलमा च्यारिटि सो हुँदै

चलचित्र 'गुल्मेली दाइ'को बुटवलमा च्यारिटि सो हुँदै

images
  • चलचित्र 'गुल्मेली दाइ'को बुटवलमा च्यारिटि सो हुँदै
    images

    बुटवल । नेपाली कथानक चलचित्र गुल्मेली दाइको बुटवलमा च्यारिटि सो हुने भएको छ । चलचित्रका निर्देशक तथा कलाकार केशब गुरुङका अनुसार यहि कात्तिक २३ गते शुक्रबार बुटवलमा चलचित्र देखाइने भएको हो । 

    images
    images
    images

    सयपत्री युवा क्लब बुटवल १० रामनगरको आयोजनामा तिहार तथा छठ्पर्वको अवसर पारेर शुक्रबार साँझ ६ बजे बुटवल १० रामनगर चोकमा चलचित्र देखाइने भएको हो । 

    images
    images
    images

    चलचित्र हेर्न टिकट्का लागि दीलिप सुनचाँदी पसल रामनगर, प्रेम राना र दीपेश गुरुङसंग सम्पर्क गर्न आयोजकले जानकारी दिएको छ । केशब गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र गुल्मेली दाइमा स्वयमं केशब गुरङ, अनुता गुरुङ, उषा फौजामगर, खिम रेस्मीमगर लगायतको मूख्य अभिनय रहेको छ । 

    images
    images

    तिलक गाहामगरले निर्माण गरेको चलचित्र गुल्मेली दाइको छायाँङ्कन गुल्मी जिल्लाको जुभुङ, दह लगायतका विभिन्न रमणीय ठाउँहरुमा गरिएको निर्देशक केशब गुरुङले जानकारी दिए । 

    चलचित्रमा अशिम गुरुङले सङ्गीत छ भने नृत्य निर्देशन गोविन्द राई र प्रेम गुरुङले गरेका छन । मनिराज गुरुङको पटकथामा बनेको चलचित्रमा करन तुलाधरले द्वन्द्व निर्देशन  गरेका छन । चलचित्रको छायाँङ्कन तथा सम्पादन भने मनिष पन्थले गरेका हुन । 

    यसअघि रुपन्देही र गुल्मीका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्र गुल्मेली दाइ दर्शकहरुद्वारा अत्यधिक रुचाइएको निर्माण पक्षको दावी छ । 

    चलचित्रमा सामाजिक परिवेश र पहाडी गाउँका कथा र सांस्कृतिक पक्षहरु कलात्मक ढङ्गले पस्किएकाले मनोरञ्जन र सामाजिक सन्देशको खुराक रहेको उनीहरूको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मेली दाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।