Logo

२०८३, कार्तिक २८गते


images
images

कास्कीमा स्वास्थ्य स्वयंसेविकाको दैउसी

कास्कीमा स्वास्थ्य स्वयंसेविकाको दैउसी

images
  • कास्कीमा स्वास्थ्य स्वयंसेविकाको दैउसी
    images

    राजेश पराजुली, पोखरा । दीपावलीको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीले पोखराको चिप्लेढुङ्गा मानवअधिकार चोकमा सन्देशमूलक दैउसीभैलो कार्यक्रममा प्रमुख आचार्यले यस विषयमा जानकारी गराएका हुन् ।

    images
    images
    images

    आचार्यले स्वास्थ्य क्षेत्रका थुपै्र सन्दर्भलाई सांस्कृतिक पर्वसँग जोडेर जनजागरण फैलाउँदै आएकोमा सञ्जालसहित महानगरभित्रका ६ सय ५६ स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिए ।

    images
    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले सरकारले समुदायको स्वस्थ्य क्षेत्र सुधारका लागि अघि बढाएका काम र लक्ष्यलाई पूरा गर्न स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।

    images
    images

    पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, महानगरका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, पशु सेवा महाशाखाका अधिकृत नवराज अधिकारीलगायतले कार्यक्रममा बोलेका थिए ।

    पोखरा महानगरभित्रका फोहोरमैला एवं छाडा कुकुरका समस्यालाई उजागर गर्दै आम पोखरेली एवं कुकुर पाल्ने घरधनीलाई सचेत गराउन कार्यक्रम गरिएको सञ्जाल अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् ।

    सञ्जाल अध्यक्ष पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव संगीता बरालले सञ्चालन गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वयंसेविकाको दैउसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।