Logo

२०८३, कार्तिक २८गते


images
images

सुमन र विकासको 'उद्घोषण पाठशाला' सार्वजनिक

सुमन र विकासको 'उद्घोषण पाठशाला' सार्वजनिक

images
  • सुमन र विकासको 'उद्घोषण पाठशाला' सार्वजनिक
    images

    देवदह । बुटवलमा उद्घोषण पाठशाला नामक पुस्तक लोकार्पण गरिएको छ ।  संचारकर्मीद्वय सुमनरश्मी श्रेष्ठ र विकास गौतमद्वारा लिखित पुस्तक लेखकद्वयका पिता सत्यरश्मी श्रेष्ठ र देवीराम पाण्डेले आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । 

    images
    images
    images

    पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखकद्वय श्रेष्ठ र गौतमले उद्घोषणकला सम्बन्धि पाठ्य सामग्री आवश्यक देखिएको हुनाले पुस्तक प्रकाशन गरिएको बताए । विगत डेढ दशकदेखि पत्रकारिता र उद्घोषणकलाबारे तालिम दिंदै गर्दा तयार गरिएका सामग्री पुस्तकमा समेटिएको लेखक द्वयले बताए ।

    images
    images
    images

    पुस्तकबारे बोल्दै समिक्षक युवराज कंडेलले उद्घोषणकला सिक्न चाहनेहरुको लागि उद्घोषण पाठशाला राम्रो पाठ्यसामग्री तयार भएको बताए । संचारकर्मीको लागि मात्र नभएर सबैको लागि विषयबस्तु मिलाएर प्रस्तुत गर्ने कला आवश्यक रहेकोले यसप्रकारका पुस्तक उपयोगी हुने उनको भनाइ छ । 

    images
    images

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

    पुस्तकमा बोल्नेकला, उद्घोषणकला, माइन्युट लेखन, बैठक व्यवस्थापन आदिबारे चर्चा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।