Logo

२०८३, कार्तिक २८गते


images
images

बेल्जियममा निःशुल्क नेपाली भाषा पढाउँदै रुविना शर्मा

बेल्जियममा निःशुल्क नेपाली भाषा पढाउँदै रुविना शर्मा

images
  • बेल्जियममा निःशुल्क नेपाली भाषा पढाउँदै रुविना शर्मा
    images

    राजेश पराजुली, पोखरा । म्याग्दीमा जन्मिएर हाल परिवारसँगै बेल्जियम बसिरहेकी गैरआबासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि महासचिव रुविना शर्माले नेपाली भाषा पढाउन थालेकी छन् ।

    images
    images
    images

    बेल्जियममै जन्मिएका नेपाली सन्ततिलाई निःशुल्क नेपाली भाषा पठनपाठन थालेकी हुन् । १३ वर्षको उमेरमा परिवारसँगै बेल्जियम पुगेकी रुविनाले नेपाली भाषा संरक्षणमा तथा नेपाली भाषा संस्कृति पुनरुत्थानका निम्ति नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन थालेको बताइन् । सामाजिक कामको हुटहुटी बोकेकी रुविनाले नेपाल छाड्न परेता पनि नेपाली भाषा, संस्कार र संस्कृतिको पुनरुत्थान र गैरआबासीय नेपाली सन्ततिसम्म भाषिक ज्ञान सुरक्षित राख्ने उद्धेश्यले अभियान थालेको बताइन् ।

    images
    images
    images

    “भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए राष्ट्र हराउँछ“ भने भाषा, संस्कार संस्कृति हराएमा राज्यका महत्पूर्ण आभूषण गुम्ने महसुस गरि भाषा, संस्कृति संरक्षण अभियान चलाएको रुविना शर्माको भनाईं छ ।

    images
    images

    गैरआबासीय नेपाली संघ वेल्जियम महासचिव समेत रहेकी रुविनाले वेल्जियममा रहेका नेपाली आमाबाबुका ३० जना सन्ततिलाई विगत २ वर्षदेखि निःशुल्क नेपाली भाषा पढाईरहेकी छन् । यो अभियानलाई अझ बढाउदै लैजाने उनले बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुविना शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।