Logo

२०८३, कार्तिक २८गते


images
images

बुटवल– नारायणगढ सडक विस्तारमा विलम्ब : दवावका लागि जनप्रतिनिधि काठमाडौं जाँदै

बुटवल– नारायणगढ सडक विस्तारमा विलम्ब : दवावका लागि जनप्रतिनिधि काठमाडौं जाँदै

images
  • बुटवल– नारायणगढ सडक विस्तारमा विलम्ब : दवावका लागि जनप्रतिनिधि काठमाडौं जाँदै
    फाइल फोटो
    images

    देवदह । बुटवल–नारायणगढ सडक खण्डसंग जोडिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्ने भएका छन् । आइतवार बर्दघाट नगरपालिकामा बसेको बैठकले सडक निर्माणको लागि दबाब स्परुप प्रधानमन्त्रिलाई भेट्न काठमाडौं जाने कार्यक्रम तय भएको बैठकमा सहभागी देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले जानकारी दिए ।

    images
    images
    images

    “जनस्वास्थ्यमा यसले पारेको प्रभाव र नागरिकले पाउने दुःखले हामीलाई छोएको छ ।“ नगरप्रमुख खरेलले सेतोमसीसंग भने, “सडक नबन्दा नागरिकले दुःख पाइरहेकोले जनगुनासोबारे प्रधानमन्त्रि ज्यूलाई जानकारी गराउन २९ गते बिहिबार काठमाडौं जाँदैछौं ।“ 

    images
    images
    images

    बुटवलदेखि नारायणगढसम्मको दुरीमा रुपन्देही, नवलपरासी (ब.सु.पुर्व) र नवलपरासी (ब.सु.पश्चिम) गरि तीन वटा जिल्ला र बुटवल उपमहानगरपालिका सहित ११ वटा स्थानीय तह रहेका छन् ।  

    images
    images

    सडक निर्माणलाई अविलम्ब अगाडि बढाउन र सम्बन्धित पक्षलाई दवाव सृजना गर्न ३ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, लोकमार्गसँग जोडिएका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सहितको टोलि उपस्थित भई प्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको छ । 

    साथै सडक प्रभावित क्षेत्रका सबै संघीय तथा प्रदेश सांसदहरुलाई समेत ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको टोलिले पहिलो चरणको ध्यानाकर्षण लगत्तै दोश्रो चरणको निर्णायक दबाबमुलक कार्यक्रम गर्ने समेत तयारी गरेको छ ।

    नारायणगढ– बुटवल सडक बिस्तार योजना अन्तर्गत निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम काम सकिएको छैन । वि.सं २०७५ माघमा सम्झौता भएर वि.सं. २०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा समेत सडक बिस्तारको काम सम्पन्न हुन सकेको छैन । 

    निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्परेसनले पाएको भएपनि उक्त कम्पनीले सडक निर्माको काम अलपत्र छाडेपछि बुटवल–नारायणगढ सडकमा यात्रा गर्ने यात्रुले सास्ती व्यवहोर्दै आएका छन् । 

    बिस्तारको क्रममा रहेको सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा ५ घण्टा लाग्ने गरेको छ । कोरोनाकालमा निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । 

    पहिलो पटक थप भएको म्यादमा पनि काम नसकिएपछि दोस्रो पटकका लागि वि.सं. २०८१ साउन ८ गते सम्म म्याद थप गरिएको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएकाले तेस्रो पटक २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । तेस्रो पटक थपिएको प्याद सकिन ९ महिना भन्दा कम समय बाँकी रहँदा समेत उक्त  सडक खण्डको काम हालसम्म ५३ प्रतिशत मात्र सकिएको छ । 

    पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै यहि कार्तिक १४ गते सरकारले अबका तीन महिनामा पनि देखिने गरि काम नगरे निर्माण कम्पनीसँगको सम्झौता तोड्ने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल– नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।