देवदह । ओस्टील क्रिकेट कप–२०८१ को उपाधि वडा नं ६ ले हात पारेको छ । टि–ट्वान्टी फर्मेटमा सञ्चालित ३ म्याचको सिरिज अन्तर्गत २ वटा खेल जित्दै वडा नं.ं ६ ले उपाधि उचालेको हो ।
पहिलो खेलमा पराजित भएको वडा नं ६ ले सोमवार सम्पन्न दोस्रो र मंगलवार भएको अन्तिम खेलमा वडा नं. ८ विरुद्ध ५ विकेटको जित दर्ज गर्यो ।
मंगलवार देवदह माविको खेल मैदानमा वडा न. ६ ले टस जितेर दिएको निम्तोलाई स्वीकार गर्दै ब्याटिङ्गमा उत्रिएको वडा नं ८ ले २० ओभरमा सबै विकेट गुमाएर ७७ रनको झिनो योगफल तयार पा¥यो । वडा नं ८ को लागि सुवास भण्डारीले २२, राजन कुमालले १३ रन तथा दीपक भण्डारीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङ्ग तर्फ वडा नं ६ का कमल जैसीले ३ विकेट, प्रेम भुर्तेल तथा अर्जुन रायमाझीले समान दुई÷दुई तथा सुगम फुल्लेलले १ विकेट लिए ।
७८ रनको टार्गेट चेज गर्न क्रिजमा उत्रिएको वडा नं ६ ले ५ विकेटको क्षतीमै लक्ष्य पुरा ग¥यो । १७ ओभर ३ बल खेलेको वडा नं ६ का लागि कमल जैसीले ३६, अमृत क्षेत्रीले १४ रन र प्रेम भुर्तेलले १० रनको योगदान गरे । वडा नं ८ का लागि दिपक भण्डारीले २ तथा सुभास भण्डारी र प्रकाश भण्डारीले समान एक÷एक विकेट लिएपनि त्यो जितको लागि प्रयाप्त भएन । मंगलवारको खेलमा म्यान अफ दि म्याच कमल जैसी भए भने सिरीजमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्लेयर अफ दि सिरिज बाट समेत जैसी पुरस्कृत भए ।
प्रतिायोगिताको विजेतालाई मंगलवार आज एक समारोहका विच पुरस्कार वितरण गरिएको छ । विजेता टिम वडा नं ६ लाई प्रायोजक ओष्टिल क्याफेका सञ्चालक भानुभक्त पंगेनीले नगद ५ हजार रुपैंया तथा ट्रफि प्रदान गरे । यसैगरी म्यान अफ दि सिरिज घोषित जैसीलाई नगद एक हजार रुपैंया प्रदान गरिएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology