अनिष पन्थी गुल्मी :जिल्ला कोभिड १९ सङकट व्यबस्थापन केन्द्र गुल्मीको निर्णय अनुसार जिल्लाका केही स्थानीय तहलाइ बिधालय खोल्न अनुमती दिइएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका सहित ,चन्द्रकोट गाउँपालिका ,मदाने गाउँपालिका , रुरु गाउपालिका र इस्मा गाउपालिकालाइ स्वास्थ्य मापदण्ड पालाना गराइ भौतिक उपस्थितिमै शैक्षिक सस्था खोल्न अनुमती दिएको डिसिएमसि गुल्मीले सार्बजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ।
बिधालय व्यबस्थापन समिती, शिक्षक महासंघ ,शिक्षकअभिभावक ,जनप्रतिनिधि ,स्वास्थकर्मीको राय बमोजिम स्थानीय तहले निर्णय लिन सक्ने बताइएको छ।
जिल्लामा ५११ सामुदायिक बिधालय र ५४ सस्थागत गरि ५६५ बिधालय रहेका छन जसमा ६९ हजार ८१८ बिद्यार्थी छन।
गुल्मीमा हाल २९७ कोरोनाका सक्रिय सङक्रमित रहेका छन।हालसम्म १६ हजार ९३२ को कोरोना परिक्षण गर्दा ५ हजार ९४२ जनामा कोरोना पुष्टि भएको छ जसमा ५५ सय ४५ जनाले कोरोना जितेका छन ।कोरोनाको कारण यस जिल्लामा ९६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय गुल्मीले जानकारी दिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology