काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ।
शनिबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
यस्तै निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमण बीआआई परियोजना र पोखरा विमानस्थल लगायत विविध पक्षमा कुराकानी भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology