लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडान दिगो हुने बताएका छन् । सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धि अन्तरक्रियामा व्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाए ।
नेपालकै मध्य भाग तथा बुद्ध जन्मस्थल लुम्बिनीको नजिकमा रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने प्रतिवद्धता व्यक्त गरे । ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने । मन्त्रि पाण्डेले सँस्कृती र पर्यटन जोडिएकाले भैरहवाबाटै कार्यकक्ष चलाऔं भन्ने अफुलाई लागेको समेत सुनाए ।
मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवालाई पर्यटन इपिसेन्टको संज्ञा दिए । विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायत अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताउँदै मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने बताए ।
‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईहरूले बधाई दिदा म झस्किन्छु, किन भने ५ महिनापछि त्यो बधाई बजाईमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु ।’ मन्त्री पाण्डेले भने विमानस्थलसँग सम्बन्धित तत्तकाल गर्नुपर्ने काम र प्राविधिक तथा दीगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर अघि बढ्नेछु । उनले भैरहवाको विमानस्थल फुल फेजम सञ्चालन हुनासाथ पोखरा समेत सञ्चालन हुने विश्वास दिलाए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रत गतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामि दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताए । उनले होटल, गुम्बा र स्थानीयहरूका विचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजि क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले विश्वका डेढ अर्ब बढि बुद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए ।
उनले बुद्धिष्ट राष्ट्रका उच्च पदस्थहरुसँगको भेटघाटमा विमान चलाउनका लागि आफुले आग्रह गरेको बताउँदै यसका लागि मन्त्रिपरिषद र मन्त्री तहबाट पहल हुनुपर्नेमा जोड दिए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषमा आफू आएदेखि २१ वटा विभिन्न बौद्ध पूजाहरु भएकाले अब लुम्बिनीमा यस्ता गतिविधि बढाउनका लागि स्थानीय, होटल व्यवसायी र सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवद्वन हुने बताए । उनले निजि क्षेत्रले विमानस्थल चलाउनका लागि सहुलियत दिएर भएपनि दिगो सञ्चालनको वातावरण बनाउनुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology