Logo

२०८३, श्रावण ३०गते


images
images

नवौं देवदह महोत्सव : ३३ उपसमिति गठन, कसको जिम्मेवारी के ?

नवौं देवदह महोत्सव : ३३ उपसमिति गठन, कसको जिम्मेवारी के ?

images
  • नवौं देवदह महोत्सव :  ३३ उपसमिति गठन, कसको जिम्मेवारी के ?
    images
    images

    देवदह । माघ १० देखि २२ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सञ्चालन गर्नका लागि ३३ वटा उपसमिति गठन गरिएको छ । घोडाहा स्थित देवदह मण्डपमा हुने महोत्सव सञ्चालनका लागि तयारीमा जुटेको देवदह व्यापार संघले ति उपसमितिहरु गठन गरेको हो । 

    images
    images
    images

    “औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार”, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारासहित सञ्चालन हुने महोत्सवको तयारी समेत तिब्र पारिएको अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए ।

    images
    images
    images

    यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप समिति गठन गरेको व्यापार संघले शनिवार विस्तारीत बैठक बसेर दुई वटा उपसमिति थप गरेको हो । मेलालाई व्यवस्थित र मर्यादिन बनाउनका लागि संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग संयोजक र बरिष्ठ उपाध्यक्ष माधव ढकाल सह–संयोजक रहेको ३४ सदस्यीय मुल आयोजक समिति निर्माण गरएको महासचिब हरिलाल भण्डारीले बताए ।

    images
    images
    images

    नवौं महोत्सवको व्यवस्थापनलाई चुस्त बनाउनका लागि सचिवालय समिति समेत गठन गरिएको छ । सचिवालय समितिमा अध्यक्ष कोष बहादुर गुरुङ्ग सहित माधव ढकाल, पिताम्बर खरेल, हरिलाल भण्डारी, विष्णु प्रसाद अर्याल, रमेश खरेल, गीता घिमिरे पाण्डे, राम बहादुर गुरुङ र लिला बल्लब भट्टराई रहेका छन् । 

    महोत्सव व्यवस्थापनको लागि ३३ वटै उपसमिति संयोजक चयन गरिएको र ति उपसमितिमा सह संयोजक सहित बढिमा १५ र कम्तिमा ५ सदस्य रहनेगरी त्यसलाई पूर्णता दिईने मेलाका मिडिया संयोजक पवन पौडेलले जानकारी दिए ।

    महोत्सव सञ्चालनको चयन गरिएका उपसमिति र संयोजकहरु :

    अतिथि सत्कार तथा स्टल व्यवस्थापन – संयोजक, माधव ढकाल

    सचिवालय व्यवस्थापन – संयोजक, हरिलाल भण्डारी 

    आर्थिक तथा गेट टिकट व्यवस्थापन – संयोजक, रमेश खरेल 

    प्रायोजक तथा विज्ञापन – संयोजक, चक्रपाणी तिवारी

    परिचय पत्र व्यवस्थापन तथा वितरण – संयोजक, विष्णुप्रसाद अर्याल

    स्टल, स्टेज प्रवेशद्धार तथा सचिवालय निर्माण – संयोजक, पुनाराम तिवारी 

    प्रमाण पत्र छपाई तथा प्रकाशन– संयोजक, रामबहादुर गुरुङ्ग

    प्रचार प्रसार – संयोजक, विरबहादुर राना 

    श्रव्य दृश्य तथा मिडिया – संयोजक, पूर्णप्रसाद पौडेल (पवन) 

    जनचेतना ¥याली, संघसंस्था क्लव तथा जनसम्पर्क व्यवस्थापन– संयोजक, विष्णुप्रसाद ज्ञवाली

    पर्यटन प्रवद्र्धन एवम् तालिम तथा गोष्ठी – संयोजक, इश्वरी न्यौपाने 

    कृषि तथा प्रविधि – संयोजक, चक्रपाणी न्यौपाने

    सांस्कृतिक कार्यक्रम –संयोजक, पिताम्बर खरेल

    उपहार तथा पुरस्कार व्यवस्थापन– संयोजक, लिलाबल्लव भट्टराई

    स्टल परिचयपत्र व्यवस्थापन – संयोजक, घनश्याम केसी

    सरसफाई तथा प्रदुषण नियन्त्रण व्यवस्थापन– संयोजक, जगनाथ अधिकारी

    विद्युत तथा खानेपानी व्यवस्थापन – संयोजक, विष्णुप्रसाद पाण्डे

    युवा तथा स्वयंसेवक परिचालन – संयोजक, गणेश क्षेत्री

    यातायात व्यवस्थापन – संयोजक, केशवराज पौडेल

    खाद्यान्न व्यवस्थापन – संयोजक, चन्द्रकान्त न्यौपाने

    व्यानर व्यवस्थापन – संयोजक, चिन्तामणी चापागाईं 

    शुरक्षा व्यवस्थपन– संयोजक, विनोद गुरुङ्ग

    उद्घाटन तथा समापन कार्यक्रम– संयोजक, ठाकुर प्रसाद गौतम 

    खेलकुद तथा अतिरिक्त क्रियाकलाप – संयोजक, खेमराज चापागाईं 

    मञ्च व्यवस्थापन तथा सजावट – संयोजक, गीता घिमिरे पाण्डे 

    विद्यालय व्यवस्थापन – संयोजक, ऋषिभक्त आचार्य 

    बाल उद्यान व्यवस्थापन तथा रेखदेख – संयोजक, राधा चापागाईं 

    प्राथमिक उपचार – संयोजक, छविराज गिरी

    अनुगमनल मूल्याङ्कन, निरीक्षण – संयोजक, टिकाराम चापागाईं 

    महिला उद्यमी तथा उत्प्रेरक – संयोजक, सविता भण्डारी 

    आमा समूह तथा स्वयम्सेवक परिचालन– संयोजक, विष्णु भारती

    टोल विकास संस्था व्यवस्थापन– संयोजक भिमलाल काफ्ले

    पार्किङ्ग व्यवस्थापन– संयोजक, सुमन पुन

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।