Logo

२०८३, आश्विन १०गते


images
images

कोलिय देवदह सहकारीका शेयर सदस्यलाई उत्प्रेरणात्मक तालिम

कोलिय देवदह सहकारीका शेयर सदस्यलाई उत्प्रेरणात्मक तालिम

images
  • कोलिय देवदह सहकारीका शेयर सदस्यलाई उत्प्रेरणात्मक तालिम
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले  युवा शेयर सदस्यहरुलाई उत्प्रेरणात्मक तालिम दिएको छ  । २० औं स्थापना दिवसको अवसरमा सो तालिम दिइएको सहकारीले जनाएको छ  ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले शेयर सदस्यहरुको संस्थाप्रतिको काम, कर्तव्य र अधिकारका विषय सहित सहकारी शिक्षा प्रदान गर्न तालिमको आयोजना गरिएको बताए । करिब १९ हजार शेयर सदस्य रहेको संस्थाले हाल रुपन्देहीसहित नवलपरासीबाट समेत गरि विभिन्न ९ वटा सेवा केन्द्रबाट सेवा दिदै आएको अध्यक्ष सापकोटाको भनाई छ ।

    images
    images
    images

    तालिममा सहकारीका युवा शेयर सदस्य र बाल क्लबका पदाधिकारीहरुसमेत गरि ३५० भन्दा बढी सदस्यहरुको सहभागीता रहेको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा  प्रशिक्षक डा. तारा प्रसाद गिरीले सहजीकरण गरेका थिए ।

    सहकारीले स्थापना दिवसको अवसरमा सोमबार मात्रै ४६ जना जेष्ठ शेयर सदस्यहरुको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

    संस्थाले मंसिर १२ गते स्थापना दिवसकै अवसरमा वृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।