देवदह । चौसठ्ठी लाख पचासी हजार रुपैंया बराबरको आयव्यय पारित गर्दै स्मृति सामुदायिक वन उपभोक्ता समूह देवदहको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामुदायिक वनको प्राङ्गणमा बिहिवार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष भरत कुमार गुरुङले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले पर्या पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘संस्थाले सञ्चालनमा ल्याएको स्मृति वनवाटिकाको स्तरोन्नति गरि पर्यटकीय गतिविधिलाई चलायमान बनाईनेछ ।’ अध्यक्ष गुरुङ्गले भने, ‘चालु आर्थिक बर्षमा वन क्षेत्रमा पुनरुत्पादन कटान गरी वनको हैसियत सुधार गरिनेछ ।’
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर–७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले सामुदायिक वन समुदायको लागि अत्यन्तै लाभदायक भएकोले वनले सञ्चालन गरिरहेको गतिविधिको प्रशंसा गरे । अध्यक्ष अधिकारीले सामुदायिक वनले चोरी निकासी नियन्त्रण, पर्यटन प्रबद्र्धन, डढेलो नियन्त्रण लगायतका कार्यमा अग्रसर भएर काम गरिरहेको र त्यस्ता गतिविधिलाई निरन्तरता दिन समेत सुझाव दिए ।
सोही अवसरमा सव डिभिजन वन कार्यालय शितलनगरका प्रमुख रविन्द्रनाथ चौधरी, गाउँ वन समन्वय सञ्जालका सचिव एवम् बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पाध्य, देवदह खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गुमान सिंह कुँवर, सेतोमसी अनलाइनका कार्यकारी सम्पादक पवन पौडेल, सृजना सामुदायिक वनका अध्यक्ष सम्झना डुबे लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्षेत्रगत रुपमा कार्यक्रम गर्दै मुल समारोह सम्पन्न गरेको सामुदायिक वनले संस्थाका पूर्व पदाधिकारीहरुलाई सम्मान समेत गरेको छ ।
संस्थाका अध्यक्ष भरत कुमार गुरुङको अध्यक्षता, उपाध्यक्ष अर्जुन प्रसाद ढकालको स्वागत र सचिव सुशीला भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology