Logo

२०८३, आश्विन ९गते


images
images

इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु

इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु

images
  • इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
    images
    images

    ३० मंसिर, काठमाडौं । इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् ।

    images
    images
    images

    बीबीसीका अनुसार मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको छ । इजरायलका अनुसार त्यो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको थियो । त्यसैले त्यहाँ आक्रमण गरेको इजरायली सेनाको दाबी छ । तर इजरायलको यस्तो दाबीमा हमासले खण्डन गर्दै आएको छ ।

    images
    images
    images

    अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो ।

    गत वर्ष अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जना इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै युद्ध घोषणा गरेको थियो । त्यसयता इजरायलले गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मृत्यु भएको हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजामा आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।