Logo

२०८३, आश्विन १०गते


images
images

अर्थतन्त्रमा सुधार देखियो : अर्थमन्त्रीे

अर्थतन्त्रमा सुधार देखियो : अर्थमन्त्रीे

images
  • अर्थतन्त्रमा सुधार देखियो : अर्थमन्त्रीे
    फाइल फोटो
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको सात खर्ब रुपैयाँको तरलतालाई लगानीमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले सरकारले लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने गरी काम गरिरहेको बताए ।

    images
    images
    images

    उनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीको मनोबल उच्चरूपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएको पनि दाबी गरे ।

    images
    images
    images

    "वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढंगले केलाइरहेको छ । समाधानका लागि एक–एक गरी कदमहरू चाल्दै छ । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन्," उनले भने ।

    images
    images
    images

    सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सुक्ष्मरूपमा विश्लेषण गरेर समाधानका उपाय कार्यान्वयनमा ल्याएकाले सुधार देखिएको उनको दाबी छ ।

    "त्यो सकारात्मकता एक्कासि आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो, तर त्यो त्यत्तिकै आएको होइन । त्यसको लागि सरकारले केही काम गरेको छ । राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन, अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन्," उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्रीे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।