Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

images
  • रास्वपाको कार्यवाहक सभापतिमा अर्याल
    images
    images

    काठमाडौं । रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी  डोरप्रसाद (डिपी) अर्यालले पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद् पदबाट निलम्बित भएपछि सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। उनी लामिछानेको सिफारिसमा कार्यबाहक बनेका हुन्।

    images
    images
    images

    दुई उपसभापतिमध्ये लामिछानेको रोजाइमा अर्याल परेका हुन्। अर्का उपसभापति स्वर्णिम वाग्लेले पनि कार्यबाहक सभापतिको आश राखेका थिए।

    images
    images
    images

    रास्वपाको विधानअनुसार दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने उल्लेख छ। यसैगरी उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमा रहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्ने विधानमा उल्लेख छ।

    images
    images
    images

    रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको छ। यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोलप्रसाद अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।