Logo

२०८३, आश्विन ९गते


images
images

'एमाले नै एकिकृत पार्टी हो' - ओली 

'एमाले नै एकिकृत पार्टी हो' - ओली 

images
  • 'एमाले नै एकिकृत पार्टी हो' - ओली 
    फाइल फोटो
    images
    images

    झापा । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेकपा एमालेनै एकीकृत पार्टी भएको बताएका छन् । एमाले र माआवादी केन्द्र पछि बनेको नेकपा विभाजन पछि नेकपा एमाले नै एकिकृत पार्टि भएको ओलीको दाबी छ ।

    images
    images
    images


    मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् ।

    images
    images
    images


    ‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । 

    images
    images
    images

     

    उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे ।


    ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।