देवदह । देवदह नगरपालिकामा माघ ३ देखि ५ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। सोमबार बसेको नगर शिक्षा समितिको बैठकले प्रतियोगिता केरवानी माध्यमिक विद्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।
बैठकमा नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र नगर शिक्षा समिति सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकले सामुदायिक विद्यालयहरूको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको नगर प्रवत्ता गणेश डुम्रेले जानकारी दिए ।
साथै, अधुरा भवनहरूको निर्माण सम्पन्न गर्न महामाया भवानी माध्यमिक विद्यालयलाई ५ लाख, सिक्टहन माध्यमिक विद्यालयलाई ३ लाख, खड्ग माध्यमिक विद्यालयलाई ४ लाख, र भविष्य निर्माण माध्यमिक विद्यालयलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेललाई अस्ट्रेलियामा देशभरका उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मानित भएकोमा शिक्षा समितिले बधाई र शुभकामना व्यक्त गरेको छ।
प्रतियोगिता र बैठकका निर्णयहरूले नगरको शैक्षिक क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology