Logo

२०८३, कार्तिक २८गते


images
images

जीवनयोग प्रयोगशाला देवदहको तेश्रो साधारण सभा तथा आध्यात्मिक कार्यक्रम सम्पन्न

जीवनयोग प्रयोगशाला देवदहको तेश्रो साधारण सभा तथा आध्यात्मिक कार्यक्रम सम्पन्न

images
  • जीवनयोग प्रयोगशाला देवदहको तेश्रो साधारण सभा तथा आध्यात्मिक कार्यक्रम सम्पन्न
    images

    देवदह। कार्यक्रम संस्थाका अध्यक्ष नमाकान्त पाण्डेको अध्यक्षता र लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री भुमिश्वर ढकालले जनताले गरेका

    images
    images
    images

    हरेक असल, पवित्र काममा प्रदेश सरकार संगसंगै रहेको बताउनुभयो । उहाले ध्यान, योगले मानिसलाई नकारात्मक ढङ्गले सोच्ने, नकारात्मक कार्य गर्ने मनसाय, सबै चिर्ने कुरामा आफू आसावदी रहेको बताउनुभयो । उहाले विकासका जे जति काम भएका छन् त्यसलाई नदर अन्दाज गर्न नमिल्ने र अहिले बनेका ठुला योजनाहरु समयमा पूरा हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताउनुभयो । विकासको प्रमुख वाधक, मुलक आर्थिक रुपमा पछाडिनुको कारण भनेकै राजनीतिक अस्थिरता रहेको र यसको अन्त्य हुन जरुरी रहेको उहाले बताउनुभयो ।

    images
    images

     

    सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व सांसद डा.कृष्ण न्यौपानेले जीवनविज्ञान मानव जीवनका लागि अतिनै आवश्यक जीवन कार्य बनेको छ । यस्को माध्यमबाट धेरै नगरीकलाई योग ध्यानमा जुटाई सकारात्मक उर्जा, सुखी जीवन, निरोगी बनाउन मद्द्त गरिरहेको छ । मानिसलाई पुर्ण मानसिक र स्वस्थ बनाउने र सकारात्मक उर्जा भर्ने काम गर्छ। 

    यसैगरी देवदह नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले देवदहलाई आध्यात्मिक नगरिको रुपमा विकास गरि अगाडि बढेको बताउनुभयो । उहाले देवदह ध्यानको भुमी, योगको भुमी, आध्यात्मिक भुमीको रुपमा विकास गर्न सबैको सहयोग आवश्यकता रहने हुदा सहयोग अपेक्षा समेत रहेको बताउनुभयो । उहाले आजको विद्यार्थीहरु सामाजिक सञ्जाल संगै नकारात्मक कुरामा भुलिरहेका बेला यसलाई रोक्न ध्यान र योगले महत्त्वपूर्ण भुमिका खेल्ने र सकारात्मक परिवर्तन ल्याउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

     

    उक्त कार्यक्रम अध्यक्षले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा केरवानी मा.विका विद्यार्थीहरुले सांगीतिक प्रतुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सचिव ऋषिभक्त अचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवनयोग प्रयोगशाला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।