Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा दोस्रो मिडिया फेस्टिबल सुरु

देवदहमा दोस्रो मिडिया फेस्टिबल सुरु

images
  • देवदहमा दोस्रो मिडिया फेस्टिबल सुरु
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा दोस्रो मिडिया फेस्टिबल सुरु भएको छ।  देवदह प्रेस क्लबको आयोजनामा देवदह नगरपालिका वडा नम्बर -६ सरहनबारीमा दोस्रो मिडिया फेस्टिबल सुरु भएको हो।

    images
    images
    images

    कार्यक्रमको औचित्य माथी प्रकाश पर्दै संस्थाका अध्यक्ष विष्णु प्रसाद पोखरेलले आघिल्लो बर्ष प्रथम मिडिया फेस्टिबल मकै विशेष आयोजना गरिएको र यस पटक कृषि र पर्यटनको सम्भावना बोकेको सरहन बारीमा दोश्रो मिडिया महोत्सव आयोजना गरेको बताए । आगामी बर्षहरुमा पनि बैचारिक बहस गर्ने खाल्का कार्यक्रमहरु आयोजना गर्ने बताए । 

    images
    images
    images

    फेस्टिबलमा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहमा यस्ता खालका बैचारिक बहस हुनु सकारात्मक रहेको बताए । नगर प्रमुख खरेलले नगरपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो। कृषि र पर्यटन प्रबर्द्धनका लागी मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकोले मिडिया क्षेत्र सङ्ग सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख खरेलले प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराई, देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाली काङ्ग्रेसका नगर सभापति गुनाखर भूर्तेल लगायतले बोल्दै मिडिया क्षेत्र समाज रुपान्तरणको सम्बाहक भएको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    फेस्टिभलमा पहिलो दिनको पहिलो सेसनमा विकासको बाटोमा देवदह : कहाँ पुग्यो, त्यसै गरि दोस्रो सेशन "नेपाली मिडिया : बढ्दो आर्थिक संकट, घट्दो विश्वसनीयता" सम्बन्धि विषयमा नेता तथा विश्लेषकहरूसँग प्यानल छलफल भएको थियो । 

    सोही अवसरमा अग्रज पत्रकार सम्मानबाट भिम प्रसाद गुरुङ, निर्मल ढुङ्गाना, कमल प्रसाद न्यौपाने, रमेश पोखरेल, लक्ष्मण न्यौपाने र योगदान पत्रकार पुरस्कारबाट शान्ति विक, बिष्णु ज्ञवाली, मोहन ठाकुर, देवराज गुरुङ, सिबि सुनारी र मनमाया थापालाई सम्मान गरिएको थियो।

    फेस्टिबलको दोस्रो दिन "सरहनको सिमी : उत्पादन र बजारीकरण",  "आध्यात्मिक पर्यटन र बृहतर लुम्बिनी", "आम सन्तुष्टि र लोकप्रियतावाद गरी ३ वटा सेशनमा नेपालको राजनीतिमा चर्चित नेताहरू मीन बहादुर विश्वकर्मा, रामकुमारी झाक्री, मनिष झाको उपस्थितिमा प्यानल डिस्कसन हुने संस्थाका सचीव निर्मल थापाले जानकारी दिए ।

    वि.सं. २०७८ मा स्थापना भएको देवदह प्रेस क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेस्टिभल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवर्द्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाइरेक्टरी प्रकाशनजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।