काठमाडौं । चर्चित गायिका कमला घिमिरेको 'हान्छु तिम्लाई लौरी'ले भन्ने गीतमा 'तोरी खायो मौरीले' शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो । नेपाल मौरीपालक महासङ्घले एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ ।
महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा गलत सन्देश दिएको जनाउँदै गीतले सहयोग गर्नेमा झन तोरी खायो भनेर वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाएका छन् । यसले आफ्नो अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासङ्घले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
गीत महासङ्घले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको समेत जानकारी गराएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology