Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनी प्रेस क्लबको भुमिका प्रशंसनीय

लुम्बिनी प्रेस क्लबको भुमिका प्रशंसनीय

images
  • लुम्बिनी प्रेस क्लबको भुमिका प्रशंसनीय
    images
    images

    भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले यस क्षेत्रमा खेल्दै आएको भूमिका महत्पूर्ण रहेको जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी, अग्रज पत्रकाहरुले बताएका छन् । क्लबको १०औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवामा आयोजित कार्याक्रममा बोल्दै वक्ताहरुले क्लबले पत्रकारितासँगै अन्य क्षेत्रमा खेलेको भूमिका र गरेका कामको प्रशंसा गरे । 

    images
    images
    images

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनी प्रेस क्लब धेरै उचाईमा पुगेको बताए । उनले क्लबका पछिल्ला गतिविधि र कामले समाजको गरिमा र उचाई थप बृद्धि हुँदै गएको जनाउँदै सकारात्मक र रचनात्मक कामलाई निरन्तरता दिन आग्रह गरे ।
      
    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकार र पत्रकारिता क्षेत्रको विकाससँगै समाजिक क्षेत्रमा समेत काम गरिरहेको जनाए । उनले कसरी हुन्छ यस क्षेत्रलाई चलायमान बनाउने, उद्योग–व्यवसाय र पर्यटन क्षेत्रलाई साकारात्मक उर्जा प्रदान गर्न क्लबमा आबद्ध पत्रकार र क्लबले काम गरिरहेको बताए । 
     
    कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, इतिहासकार तथा साहित्यकार विजय गोविन्द श्रेष्ठ, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना लगाएतले बोल्दै 
    पत्रकारले समाजप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने सुझाव दिए । 

    images
    images
    images

    वि.सं. २०७२ पुस १४ मा स्थापना भएको क्लबले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा क्लबले मैत्रीपूर्ण फुटसल, भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध सञ्चार यात्रा र भैरहवामा ध्यान शिविर आयोजना गरिएको महासचिव प्रकाश न्यौपानेले बताए । क्लबमा भैरहवा, लुम्बिनी, मर्चवार, धकधई क्षेत्रका ४३ जना पत्रकारहरु आबद्ध छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रेस क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।