Logo

२०८३, आश्विन १०गते


images
images

पूर्वगृहमन्त्री खाँणद्वारा मेला अवलोकन : कृषि उद्यमशिलता विकामा जोड

पूर्वगृहमन्त्री खाँणद्वारा मेला अवलोकन : कृषि उद्यमशिलता विकामा जोड

images
  • पूर्वगृहमन्त्री खाँणद्वारा मेला अवलोकन : कृषि उद्यमशिलता विकामा जोड
    images
    images

    बुटवल । पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छ्न्। उनले सोमबार मेलाको स्थलगत अवलोकन गरेका हुन्।

    images
    images
    images

    मेलाको अवलोकनमा उहाँसंगै काँग्रेस केन्द्रीय सदस्यहरु डा. जीवन रानाचौधरी गंगा शाही, लुम्बिनी प्रदेश सभा नेपाली काँग्रेसकी प्रमुख सचेतक जमुना ढकाल लगायतका नेताहरुको मेलाको स्थलगत अवलोकन गरेका हुन्। त्यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनीको नवनिर्वाचित प्रदेश कार्यसमितिका पदाधिकारी सदस्यहरुले पनि मेलाको अवलोकन गरेका छन्।

    images
    images
    images

    उनिहरुलाई  स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलाको समग्र बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए। मेलाको अवलोकनगर्दै पूर्वगृहमन्त्री खाँणले मेलामा देखिएको व्यापक सहभागिता र उत्साहले औद्योगिक तथा व्यवसायिक विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    विगतका मेला महोत्सवमा भन्दा यो मेलाको व्यवस्थापन राम्रो र जनसहभागिता पनि बढेको पाएको बताउँदै उनले नयाँ आयाममा भएको मेलाका माध्यमबाट नवउद्यमीलाई प्रोत्साहन गर्ने र व्यवसायिक विकासमा मद्धत गर्ने भनाई राखे । ‘मेलाले औद्योगिक विकासलाई प्रेरित गर्नेछ, उत्पादित बस्तुको बजार विस्तार गर्नेछ ।’ उनले भने–‘स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन पनि योगदान गर्नेछ ।’

    उनले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने बताउँदै मुलुकको समग्र आर्थिक विकासको लागि कृषिमा आधारित औद्योगिक विकासमा जोड दिए। कृषिमा व्यवसायिक विकास, कृषिमा आधारित औद्योगिक विकास, आयात प्रतिस्थापन र निर्यात गर्न सकियो भने त्यसका माध्यमबाट मुलुकको अर्थतन्त्र सुदृढ गर्न सकिने भनाई राखे ।

    नेपाल उद्योग वाणिज्य महासंघको पनि संस्थापक सदस्य नीजि क्षेत्रको यस क्षेत्रकै अग्रणी संस्था बुटवल उद्योग वाणिज्य संघले नयाँ नयाँ आयाममा उद्योग स्थापनामा अग्रसरता लिन उनले आग्रह गरे । त्यस अवसरमा संघका पूर्वअध्यक्ष पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सोमबार पनि मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको छ ।

    सोमबार तमु ल्होसारको सार्वजनिक विदा पनि भएकाले मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताए। सोमबार मेलामा गायक अफ्सर अलीको विशेष प्रस्तुती सहित लोक तथा दोहोरी गायक खेम सेन्चुरी, दिपक गरौंजा, सीता राना, शान्तारानी परियार, मोहन खड्का, रामप्रसाद पौडेल, पुष्पा राना, कल्पना परियार, व्यूटि रसाल, प्रेम विश्वकर्मा, लोक गायक कमला लम्सालको प्रस्तुती रहेको थियो ।

    त्यसैगरी खुल्ला लोक दोहोरी प्रतियोगिता र भ्वाईस अफ बुटवल भएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।

    आज  मंगलबार लोक तथा दोहोरी गायिका रीता थापा, खुमन अधिकारी, घनश्याम रिजाल, अर्जुन खड्का, नवराज पाण्डे, शिव खनाल, वर्षा थापा, मधु परियार, आधुनिक गायक अनिल पहाडी, डान्सर कृतना ज्ञवालीको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए । त्यसैगरी डान्स च्याम्स अफ बुटवल र खुला लोक तथा दोहोरी गित प्रतियोगिता हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वगृहमन्त्री खाँण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।