Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव : साँस्कृतिक कार्यक्रमलाई उत्कृष्ट बनाउने आयोजकको तयारी

देवदह महोत्सव : साँस्कृतिक कार्यक्रमलाई उत्कृष्ट बनाउने आयोजकको तयारी

images
  • देवदह महोत्सव : साँस्कृतिक कार्यक्रमलाई उत्कृष्ट बनाउने आयोजकको तयारी
    images
    images

    देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवलाई सँस्कृतिक कार्यक्रम र मनोरञ्जनको हिसावले उत्कृष्ट बनाईने भएको छ । कार्यक्रममा साँस्कृतिक गतिविधिलाई जोडतोडका साथ प्रस्तुत गरिने र मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुलाई महोत्सवमा उतार्ने आयोजकको तयारी छ । 

    images
    images
    images

    ‘साँस्कृतिक हिसावले यो पटक ६ वटा ईभेन्ट आयोजना गरिदैछ । देवदहमा हुने महोत्सवमा यो अहिलेसम्मकै सबैभन्दा धेरै ईभेन्ट हो ।’ महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक पिताम्वर खरेलले भने, ‘उपसमितिको बैठक बसेर केहि कलाकारहरुको टुङ्गो लगाईसकिएको छ ।’

    images
    images
    images

    महोत्सवमा यसपटक सिङ्गीङ आइडल, डान्सिङ्ग आइडल, मम्मि डान्स, विद्यालय स्तरीय लोक नृत्य, भजन प्रतियोगिता र पञ्चेबाजा प्रतियोगिता राखिएको आयोजकले जनाएका छन् । 

    images
    images
    images

    यसैगरी यसअघिका महोत्सवमा भएका विभिन प्रतियोगितामा उत्कृष्ट घोषित कलाकारहरुलाई पनि स्टेज प्रदान गर्ने आयोजकको तयारी छ । 

    महोत्सवको तयारीलाई तिब्रता दिनको लागि आयोजकले आफ्नो सचिवालयलाई सोमवारनै देवदह–९, स्थित देवदह मण्डम (मेला स्थल) मा सारेको जनाएको छ । ‘मेला स्थलमा सचिवालय स्थापना भएसँगै तैयारीको लागि थप सहज हुन्छ ।’ महोत्सवका सचिवालय संयोजक हरि भण्डारीले भने, ‘बाउण्ड्री र स्टल निर्माणको काम जारी छ अव यो साता यसको निर्माणले थप गति लिन्छ ।’

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० गतेदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ । 

    महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको मुल आयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङ्कले जानकारी दिए ।

    करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड रुपैंया खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङ्कले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।