राजेश पराजुली, पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिले पोखरा अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका विभिन्न ठाउँमा पुग्दा लाग्ने भाडादर निर्धारण गरेको छ । विमानस्थल झरेका यात्रु ट्याक्सी चढ्दा ठगिएका गुनासो बढेसंगै यात्रु र व्यवसायी दुबैलाई मध्यनजर गरेर भाडादर निर्धारण गरिएको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले जानकारी दिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुबद्ध अन्तर्राष्ट्रि विमानस्थललाई समेत आधार मानेर ति विमानस्थल भन्दा अझ सौलियत दरमामा भाडा निर्धारण भएको बताए । निर्धारण गरिएको भाडादर गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरिएको र प्रदेश सरकारले नै त्यसलाई अनुमोदन गर्ने तयारीमा रहेको उनले उल्लेख गरेका छन् ।
पोखरेली ट्याक्सी व्यवसायी समितिले निर्धारण गरेर मन्त्रालय पेश गरेको भाडा दर अनुसार एयरपोर्टबाट अम्मरसिंहचोक (२.६ किलोमिटर) को ५०० रुपैयाँ, पृथ्वीचोक (४.२ किलोमिटर) को ५५० रुपैयाँ, मुस्ताङचोक (५.६ किलोमिटर) सम्मको ६०० रुपैयाँ, विरौटाचोक (६.६ किलोमिटर) सम्मको ६८० रुपैयाँ, छोरेपाटन (९.९ किलोमिटर) सम्मको ८२० रुपैयाँ र पोखरा विमानस्थलबाट मुस्ताङचोक हुँदै लेकसाईड (८.९ किलोमिटर) सम्मको ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी एयरपोर्टबाट जिरो किलोमिटर (५.४ किलोमिटर) सम्मको ६०० रुपैयाँ, जिरो हुँदै खहरेचोक (७.६ किलोमिटर) सम्मको ८०० रुपैयाँ, विमानस्थलबाट पृथ्वीचोक हुँदै महेन्द्रपुल (५.८ किलोमिटर) सम्मको ६७५ रुपैयाँ, एयरपोर्टबाट रानीपौवा हुँदै महेन्द्रपुल (५.२ किलोमिटर) सम्मको ६२५ रुपैयाँ, लामाचौर (१०.४ किलोमिटर) सम्मको ८५५ रुपैयाँ, एयरपोर्टबाट जिरो हुँदै बाग्लुङ बसपार्क (७.७ किलोमिटर) सम्मको ७७५ रुपैयाँ, जिरो किलोमिटर हुँदै हरिचोक (९ किलोमिटर) सम्मको ८२० रुपैयाँ भाडादर निर्धारण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार एयरपोर्टबाट तालचोक लेखनाथ (८.८ किलोमिटर) सम्मको ८०० रुपैयाँ, बेगनास ताल (११.८ किलोमिटर) सम्मको एक हजार रुपैयाँ निर्धारण भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology